१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रम देउवा भन्छन, ‘कसैलाई मन परोस नपरोस देशका लागि कांग्रेस चाहिन्छ’



तीर्थ न्यौपाने, काठमाडौँ, १४ कार्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिस्ट शासन आउने डर बढेको बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहुनु भएका देउवाले मंगलबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै लोकतन्त्र कांग्रेसले मात्रै जोगाउने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार र स्वभाविभान कांग्रेसको सरकार भए मात्रै जोगिने दाबी गर्नुभयो । ‘राजा ज्ञोन्द्रले अति गरेपछि मुलुकमा गणतन्त्र स्थापना भयो’, देउवाले भन्नुभयो, ‘अहिले लोकतन्त्र खतरामा छ । देश कम्युनिस्टवाद तिर जाला भन्ने डर छ । प्रजातन्त्र नेपाली कांग्रेसले मात्र जोगाउन सक्छ ।’

२००७ सालमा प्रजातन्त्र आउनसाथ बीपी मुर्दावाद भन्दै नारा लगाइएको गुनासो देउवाको थियो । ‘प्रजातन्त्र ल्याएपछि बीपी मुर्दावाद भने’, देउवाले भन्नुभयो, ‘तर पनि कांग्रेसले केही गरेन, सह्यो , त्यो ठाउँमा अरु भएको भयो सहन्थ्यो ?’

मुलुकमा कसैले खोस्न नसक्ने प्रजातन्त्र आवश्यक रहेको बताउँदै देउवाले त्यसका लागि चुनावमा कांग्रेसले जित्नुपर्ने जिकिर गर्नुभयो । ‘मुलुकको विकास र समृद्धिका लागि अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग आवश्यक छ’, देउवाले थप्नुभयो, ‘कांग्रेसलाई मात्र अन्तर्रा्ष्ट्रिय समुदायले विश्वास गर्छन् ।’

देउवाले देशका लागि कांग्रेस आवश्यक भएको बताउनुभयो । ‘कसैलाई मन परे पनि, नपरे पनि देशका लागि कांग्रेस आवश्यक रहेको छ’, देउवाले अगाडि भन्नुभयो, ‘कांग्रेसले मात्रै आर्थिक समृद्धि, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्छ ।’

देउवाले कम्युनिस्टहरुसँग जनता डराउने गरेको जिकिर गर्नुभयो । ‘कम्युनिस्ट शासनमा पनि डर त्रास हुन्छ । कसैलाई मन परोस, नपरोस, कांग्रेसमात्रै यस्तो शक्ति हो, जसले प्रजातन्त्रको रक्षा गर्न सक्छ’, देउवाले भन्नुभयो ।

अहिले मधेसी, पहाडी र जातजातिबीच द्वन्द्व चर्काउन खोजिएको देउवाको आशंका छ । ‘त्यसलाई कांग्रेसले मात्रै मिलाउउन सक्छ । कांग्रेसमा मात्रै सबै अटाउने सक्छन’, देउवाको दाबी थियो ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  १२ : ४६ बजे