१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माके नेता खड्काद्धारा बागि उम्मेद्वार दिने चेतावनी



अर्घाखाँची, १५ कात्तिक ।
वाम गठबन्धनको विरुद्धमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का (उज्वल) ले उम्मेदवारी दिने बताउनुभएको छ ।
खड्काले फेसबुक पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै १६ गते आफूले प्रदेशसभाका लागि अर्घाखाँची–१ बाट मनोनयन दर्ता गर्ने बताउनु भएको हो ।
झण्डै १० वर्ष अर्घाखाँचीमै बसेर नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जको रुपमा काम गरेका खड्का अर्घाखाँचीमा माओवादी केन्द्रका टोपबहादुर रायमाझीपछि दोस्रो नेताको रुपमा चिनिनु हुन्छ ।
प्रदेशसभाका लागि अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले निर्विरोध रुपमा खड्काको मात्र नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो । वाम तालमेलको नाममा आफूहरुको राजनीति र माओवादीको संगठन नै धरापमा पर्ने गरी प्रतिनिधिसभामा माओवादी र प्रदेससभाका लागि दुईवटै क्षेत्र एमालेलाई दिनेगरी निर्णय गरेपछि उहाले उम्मेदवारी दिने बताउनु भएको हो ।
माओवादीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै उहाँ अहिले केन्द्रीय सचिवालय सदस्य पदमा हुनुहुन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : १३ बजे