४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

निर्वाचनबारे सञ्चारकर्मीलाई प्रशिक्षण



मायादेवी अनलाइन, कपिलवस्तु, १५ कार्तिक ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले संचार माध्यममा कार्यरत पत्रकारका लागि एक दिने निर्वाचन र संचार विषयक प्रशिक्षण तालिम तौलिहवामा सम्पन्न गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सञ्चार माध्यम र सञ्चारकर्मीको विशेष भूमिका हुने भएकाले तालिम संचालन गरिएको बताइएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, संवैधानिक तथा कानुनीव्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनमा सञ्चार माध्यमको भूमिका, आचारसंहिता र आम सञ्चारसँग निर्वाचन आयोगको अपेक्षा नमुना मतदान तथा मतगणना प्रक्रिया र अभ्यासबारे जानकारी दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मनोज पौडेल, शाखा सचिव हरि अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा सचिव हरि अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाका एक दर्जनबढि संचारमाध्यमका कार्यरत ३० जना पत्रकारको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : १६ बजे