१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वाम गठबन्धन अहिलेको आवश्यकता – उपाध्यक्ष रावल



बैतडी, १५ कात्तिक (रासस) ।
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वाम गठबन्धन अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
बैतडीको खोडपेमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनतालाई अस्थिर राजनीतिबाट मुक्त गराउन वाम गठबन्धन आवश्यक रहेकोे स्पष्ट पार्नुभयो ।
नेता रावलले आगामी निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याइ विजयी हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा बहुमत ल्याउछौँ अनि आर्थिक समृद्घितिर अग्रसर हुनेछौं ।”

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : २४ बजे