१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कांग्रेस कपिलवस्तुद्धारा प्रदेशसभाका उम्मेदवार फाइलन (नाम सहित)



दीपा महत, कपिलवस्तु, १६ कार्तिक ।
नेपाली कांग्रेस कपिलवस्तुले प्रदेशसभा तर्फको उम्मेदवार फाइनल गरेकोछ । बिहिबार प्राप्त समाचार अनुसार कांग्रेसले राती अवेर उम्मेदवार फाइलन गरेको हो । कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा पुरन चौधरीलाई उम्मेद्वार बनाएको छ । २ मा राजेश आचार्य उम्मेदवार बन्नुभएको छ । चौधरी यस क्षेत्रका युवा नेता हुन भने आचार्य पूर्व जिल्ला पार्टी सभापति भैसकेका नेता हुन ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा लोकेन्द्र खाँण, २ मा सुधाकरण पाण्डे उम्मेदवार बन्नुभएको छ । लोकेन्द्र खाँण पनि स्थानीय युवा नेता हुन भने पाण्डे पूर्व जिल्ला पार्टी सभापति भैसकेका नेता हुन ।
यसैगरि प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा विरेन्द्र कनौडिया र २ मा वकिल मियाँ कांग्रेसबाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको कांग्रेस स्रोतले जनाएको छ । कांग्रेस युवा नेता डोलकराम घिमिरेका अनुसार सबै उम्मेदवारले आज दलबलका साथ मनोनयन दर्ता गर्न लागेको बताउनुभयो ।
कांग्रेसले यस अघि प्रतिनिधिसभाको लागि उम्मेदवार फाइलन गरिसकेको छ । तीन ओटा प्रतिनिधिसभा रहेको कपिलवस्तुमा १ मा दीपकुमार उपाध्याय, २ मा सुरेन्द्र आचार्य र ३ मा अभिषेक प्रताप शाह उम्मेदवार भैसक्नुभएको छ । कांग्रेस कपिलवस्तुले जिल्लामा कसै संग चुनावी तालमेल गरेको छैन । स्थानीय तह निर्वाचनमा १० स्थानीय तह मध्ये ५ तह जितेको कांग्रेस आसन्न मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभामा चुनाव कुनै पनि आधारमा जित्नेमा ढुक्क छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४ बिहिबार ००:००  १ : ४८ बजे