१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेता बलदेव र बृजेशको चुनावी अभियान सुरु



मायादेवी अनलाइन, कपिलवस्तु १६ कार्तिक ।
कपिलवस्तु ३ वटा निर्वाचन क्षेत्रबाट कस्ले टिकट पाउने भनेर चर्चा परिचर्चा सुरु हुदै गर्दा स्वतन्त्र उमेद्धवारको रुपमा क्षेत्र नम्बर २ बाट उठ्ने निस्कर्षमा पुगेका वृजेश कुमार गुप्ताले घरदैलो अभियान अन्तीम चरणमा पु¥याउनु भएको छ ।

राजपाबाट विद्रोह गरी स्वतन्त्र समूहमा सामेल निर्वतमान सांसद गुप्ताले चुनाव चिन्ह् सूर्यबाट स्वतन्त्र उमेदवारकोे रुपमा चुनाव लड्दै हुनुहुन्छ । गुप्ताले महाराजगंज र बुद्धभूमी नगरपालिकामा घरदैलो अभियान जारी राखेको करिव २ हप्ता हुनै लागेको छ ।

उहाका साथमा राजपाबाट स्वतन्त्र बनेका जिल्ला नेताहरुको ठूलो दलबल घरदैलो अभियानमा सरिक हुदै आएको छ । यता सूर्य चिन्ह् लिएकाले एमालेका कार्यकर्ताले पनि घरदैलोमा साथ दिने गरेका छन् । नेता गुप्ताले आफु कपिलवस्तुबासी विच स्पष्ट सोच अगाडी सारेर चुनावमा होमिएकाले विपक्षीले खडा गर्ने कुनै पनि भ्रमले प्रभाव नपार्ने बताउनु हुन्छ ।

उहाका पिता एवम कपिलवस्तुका बरिष्ट राजनितीकर्मी स्वर्गिय भगवानदास गुप्ताको पालादेखी राजनितीमा सक्रिय रहेका पाका नेता कार्यकर्ता र हालको राजपाका प्राय सबै कार्यकर्ता आफुसंगै सहकार्यमा रहेकाले चुनाव सहजै जित्ने उहाको दाबी छ ।

एमालेले सूर्य चिन्ह् उपलब्ध गराएर सहयोग पु¥याएको भन्दै मधेश, मधेशी जनता र यहाको विकासका निम्ती यस पटक जितेपछि अग्रगामी रुपमा कामगर्ने उहाले बताउनुभयो ।

यता क्षेत्र नम्बर १ मा बाम मोर्चाका तर्फबाट प्रतिनिधी सभाको टिकट पाउनु भएका माओवादी केन्द्रका प्रभावशाली नेता चन्द्र प्रकास खनाल (बलदेव) ले २ दिन यता जिल्लाका विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेटघाट र चुनावी योजना निर्माणमा सहभागी हुदै आउनु भएको छ ।

वामगठबन्धन पश्चात यस क्षेत्रमा जित्ने आधार सहित उमेदवार बन्नुभएका नेता खनाल प्रति क्षेत्र नम्बर १ का मतदाता यसपाली बढि आशावादी छन् । नेता खनालले जितेमा स्वतः मन्त्री बन्ने हैसियतमा रहेको र कपिलवस्तुको विकासमा कायापलट ल्याउने स्पष्ट खाका रहेकाले मतदाता खनालप्रति बढि आशावादी रहेका हुन् ।

वाम गठबन्धनका साझेदार माओवादी केन्द्र र स्वतन्त्र समुहले घरदैलो र कार्यकर्ता भेटघाट तिब्र पारिरहदा नेपाली कांग्रेसबाट कपिलवस्तुका तिनै वटै क्षेत्रमा उमेदवार बनेका नेताहरुले भने अझै मतदाताका विच पुग्न सकेका छैनन् ।

मधेशी मोर्चासंग लोकतान्त्रिक गठबन्धन बनेमा क्षेत्र छाड्नु पर्ने भएपछि चुनावी अभियान अघि नबढेको बताईन्छ । तर संघिय फोरमले कपिलवस्तुका ३ वटै क्षेत्रमा उमेद्वार घोषणा गरिसकेकाले लोकतान्त्रिक गठबन्धन बन्ने सम्भावना झिनो हुदै गएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७४ बिहिबार ००:००  १ : ५८ बजे