१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रिय क्रिकेटर फैजल खाँनद्धारा उम्मेदवारी दर्ता



मायादेवी अनलाइन, कपिलवस्तु, १६ कार्तिक ।
क्रिकेटका राष्ट्रिय खेलाडी फैजल खान चुनावी मैदानमा होमिएका छन । हालै एमाले प्रवेश गरेका उनि प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट विहिबार उम्मेदवारी दर्ता गराएका छन ।
एमालेबाट उनले उम्मेदवारी दर्ता गराएका हुन । लामो समय क्रिकेटमा लागेका खान नेपालबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय खेल खेलिसकेका छन ।
राजनीतिमा युवाको आवश्यक्ता खड्किएको कारण आफु राजनीतिमा होमिएको उनले बताए । ‘देशभर युवा वेरोजगारीको समस्या छ, यसले मेरो मन पोलिरहेको थियो उनले भने, ‘देशका लागि खेलबाट योगदान दिएको छु, अब राजनीतिबाट दिन चाहन्छु ।’
फोटो ः उम्मेदवारी दर्ता गर्दै खेलाडी खान ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  १ : ३२ बजे