१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

पत्रकार माधव भाट चुनावी मैदानमा



मायादेवी अनलाइन, कपिलवस्तु, १६ कार्तिक ।
कपिलवस्तुका एक पत्रकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन । लामो समय देखि पत्रकारिता पेशामा आवद्ध माधव भाट क्षेत्रीले राष्ट्रिय जनमोर्चाबाट मनोनयन दर्ता गराएका हुन । उनि प्रगतिशिल पत्रकार संघ कपिलवस्तुका अध्यक्ष समेत रहेका छन ।
गणतन्त्रको संस्थागत गर्न र राष्ट्रलाई आर्थिक समृद्धिको दिशामा अगाडी बढाउन आफुले मनोनयन दर्ता गराएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाले जिल्लाका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा उम्मेदवारी दिएको जिल्ला अध्यक्ष दधिराम आचार्यले बताए । यस्तै राष्ट्रिय जनमोर्चाले तीन जना महिलालाई चुनावमा उठाउन लागेको उनले बताए । सोहि अनुरुप प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा महिलाको उम्मेदवारी परेको छ । यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश नम्बर १, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट महिलालाई उम्मेद्वार बनाएको अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  १ : ३५ बजे