७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक पदका लागि सरदर २१ जनाको उम्मेदवारी



कपिलवस्तु, १७ कार्तिक ।
मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि हिजो कपिलबस्तुमा विभिन्न राजनैतिकदल दल तथा स्वतन्त्र व्यक्ति गरी १ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका ३ सीट र प्रदेशसभाका ६ सीटका लागि सरदर एक्काइस गुणावढी उम्मेदवारी परेको हो ।
उमेदवारी दिनेमा १२ वटा दलका नेता रहेका छन् भने अन्य स्वतन्त्र उम्मेदवार हुन् । स्वतन्त्र मध्ये केहि कांग्रेसका र एमालेका वागी हुन् । अन्य स्वतन्त्र उम्मेदवारलाई गाडी चलाउन र अन्य सुविधाका लागि नियोजित रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइएका ब्यक्ति हुन् ।
उम्मेदवारी दर्तामा दलहरुले उच्च शक्ति प्रदर्शन गरेका छन् । सबैदल तथा स्वतन्त्रले गरी लगभग डेढ सय वढी वस र ३ सयवढी कारको रयाली समेत गरेका थिए । यता एमाले, माओवादी केन्द्र र स्वतन्त्र समुह सम्मिलित बाम गठबन्धनले ठुलो शक्ति प्रदर्शन गर्दै सबै क्षेत्र तथा प्रदेशमा एकै साथ उम्मेदवारी दर्ता गराएका छन् ।
कपिलबस्तुको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणी खनाल (बलदेव) ले बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी क्षेत्रनं. २ मा चुनाव चिन्ह सुर्यबाट चुनाव लड्ने गरी स्वतन्त्र समुहका बृजेश कुमार गुप्ताले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी क्षेत्र नं. ३ मा चुनाव चिन्ह सुर्य बाट स्वतन्त्र समुहका इश्वरदयाल मिश्राले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधी सभा चिर्वाचन क्षेत्र नं. १ मा कांग्रेस नेता एवं पुर्वमन्त्रि दिपकुमार उपाध्याय, २ बाट सुरेन्दराज आर्चाय र क्षेत्र नं. ३ बाट अभिषेक प्रताप शाहले उम्मेदवारी दिनु भएको छ । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि कपिलबस्तुका ३ वटै क्षेत्रमा संघिय समाजवादी फोरमले समेत उम्मेदवारी दर्ता गराएको छ ।
फोरमको तर्फबाट प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं १ मा अब्दुल रसिद खां, २ मा राम निवास यादव र ३ मा मंगल प्रसाद गुप्ताले उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै राजपाले पनि कपिलबस्तुको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. २ र ३ मा उम्मेदवारी दर्ता गराएको छ । जस अनुसार २ मा राजपाका तर्फबाट शत्रुघन विलास सिंह कुर्मी र ३ बाट नरसिंह चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राजपाले भने क्षेत्र नं. १ मा उम्मेदवारी दिएको छैन । नया शक्तिको तर्फबाट कपिलबस्तुको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं १ मा पुर्वमन्त्रि समेत रहनुभएका दानबहादुर चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी क्षेत्र नं २ वाट इन्द्रमणी पौडेल र क्षेत्र नं ३ वाट इलियास मुसलमानले उम्मेदवारी दर्ता गराउनु भएकोछ ।
प्रतिनिधी सभाका लागि उम्मेदवारी दिनेमा राष्ट्यि जनमोर्चा समेत रहेको छ । जनमोर्चाको तर्फबाट प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं १ मा माधव भाट क्षेत्री र २ मा लक्ष्मी भण्डारी र ३ मा छन्द बहादुर केसीले उम्मेदवारी दिनु भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  १ : ४० बजे