१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

९ पदको लागी १८६ जनाको उम्मेदवारी



जानु पाण्डे, कपिलवस्तु १६ कार्तिक ।
कपिलवस्तु मा ३ प्रतिनिधी सभाको सदस्यको लागी ५६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधी सभाको लागी क्षेत्र नं. मा १७ जना २ मा १६ जना र ३ मा २३ जनाले उम्मेवारी दिएका छन । क्षेत्र नं. १ मा बाम गठवन्धनबाट चक्रपाणी खनाल वलदेव, कांग्रेस बाट दिप कुमार उपाध्याय क्षेत्र नं. २ मा बाम गठवन्धनबाट बृजेश कुमार गुप्ता र कांग्रेसबाट सुरेन्द्र राज आचार्य र क्षेत्र नं. ३ मा बाम गठवन्धनका ईश्वर दयाल मिश्रा, कांग्रेसका अभिशेख शाह, स्वतन्त्र अकिल मिया विच प्रतिश्पर्धा हुने वताईएको छ ।
त्यसै गरी प्रदेश सभा तर्फ १ को (१) मा १५ जना, १ को (२)मा ३० जना , २ को (१)मा १९ जना , २ को (२) मा १८ जना र ३ को (१) र (२) मा २४–२४ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभामा यस पटक युवा नेता देखि क्रिकेटर ले समेत उम्मेदवारी दिएका छन । युवा नेता विष्णु पन्थी र अन्राष्ट्रिय क्रिकेटर फैजल खानले यस पटक एमाले बाट टिकट पाएका छन ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  १ : ५४ बजे