१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मतपत्र च्यातेका सिवाकोटीसंग देवी ज्ञवालीको यस्तो ‘लभ’



भरतपुर, १७ कार्तिक ।
स्थानीय तह पहिलो चरणको निर्वाचनमा मत च्यातेर तनाव दिएका माओबादी केन्द्रका नेता द्रोणराज शिवाकोटी संग एमालेका देवी ज्ञवालीले सेल्फि खिचेका छन । बामपंथी गठबन्धन गरि प्रतिनिधिसभा र प्रदेशसभामा होमिएका एमाले र माओबादीका उम्मेदवार जिताउन एमाले नेता ज्ञवाली र माओबादी नेता शिवाकोटी लागिपरेका छन । सोहि क्रममा दुवै जनाले सेल्फि फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन । त्यो अहिले भाइरल बनेको छ ।
भरतपुरमा मतपत्र च्यातिएपछि नै देवी ज्ञवाली निर्वाचनमा पराजित भएका थिए । राजनिती हरेक संभावना खेल हो भन्ने कुरालाई पुष्टी गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव जिताउन लागेको बेला यो तस्बिर भाईरल बनेको हो । पछिल्लो समय प्रचण्डसंगको देवी ज्ञवालीको तस्विर भाइरल बनेको थियो, भने यो तस्विर पनि सामाजिक संजालमा भाइरल वन्न थालेको छ ।

प्रतिनिधी सभाको निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदार बनेपछी ज्ञवाली खुलरै प्रचारप्रसारमा हिडेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ८ : ५३ बजे