१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

समानुपातिक सासंद बनाउन खोज्ने कांग्रेसले अहिले किन गोविन्दराज जोशीलाई भ्रष्टाचारी देख्यो !



काठमाडौं, १७ कात्तिक ।
नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन । पौडेलले शुक्रबार यस्तो उजुरी निर्वाचन कार्यालयमा दिएका हुन । यसभन्दा अघि जोशीले प्रत्यक्षमा टिकट माग गरिरहेका बेला उनलाई मनाउनकै लागि कांग्रेस नेतृत्वले समानुपातिक सासंद बनाउने आश्वसन दिएको थियो । तर उनले अन्तिम समय सम्म नछाडेपछि कांग्रेस तनावमा परेको हो । पौडेल पराजित हुने लगभग जस्तै भए पछि पौडेल आतिएको विशेष स्रोत बताउँछ । यसभन्दा अघि समानुपातिक सासंद बनाउन खोज्ने कांग्रेसले जोशीलाई भष्ट्र नदेख्ने तर अहिले बागि उम्मेद्वार दिएपछि भष्ट्रचारी देखेर उजुरी दिनुलाई अचम्म मानिएको छ । जोशीलाई तनहुँ कांग्रेसका सयौ नेता तथा कार्यकर्ताले समर्थन गरेका छन ।
जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गरेका छन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।
पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेश गर्नुभएको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पनि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध नै बागी उम्मेदवारी दिएका हुन् ।
जोशी नेपाली कांग्रेसको झण्डासहित तामझामका साथ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : २९ बजे