१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलबस्तुका सबै उम्मेदवार जनताका प्यारा ! (यस्तो छ कारण)



मायादेवी अनलाइन, कपिलवस्तु, १७ कार्तिक ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि कपिलवस्तुमा २३३ मतदानस्थल र ४१० मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट तीन प्रतिनिधि सभा र ६ जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुनेछन् ।
जिल्लामा मतदाताको सङ्ख्या तीन लाख ११ हजार ७६० रहेको छ । कूल मतदातामध्ये महिला एकलाख ४२ हजार २९२ रहेका छन् भने दुईजना तेस्रोलिङ्गी पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यसैविच प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणमा हुने चुनावअन्तर्गत शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने दिन भएपनि कपिलवस्तुमा कुनै उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने समय तय गरिएको भएपनि जिल्लामा कसैले उम्मेदवार माथि उजुरी नदिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र भोली नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । कात्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने सूची रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : ३८ बजे