१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाम गठबन्धन भन्दा दायाँबाया नगर्न नेता बलदेवको निर्देशन !



भुपाल थापा, कपिलवस्तु, १७ कार्तिक ।
नेकपा (माओवादी) केन्द्र कपिलवस्तुले बाम गठबन्धनबाट उम्मेद्धवार बनेका सबैलाई जिताउने गरि भूमिका खेल्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । माओवादी स्थायी समिति सदस्य तथा कपिलवस्तु प्रतिनिध सभा १ का उम्मेद्धवार चक्रपाणी खनाल ‘बलदेव‘ले जुनसुकै हालतमा बाम गठबन्धनलाई जिताउन हरसम्भव प्रयास गर्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कपिलवस्तुको ओदारीमा आयोजित आकस्मिक अगुवा कार्यकर्ता तथा जिल्ला नेताहरुको भेलामा बोल्दै बलदेवले आमूल परिवरर्तन र संविधान कार्यान्वयनका लागि बाम गठबन्धन एक मात्र विकल्प भएको भन्दै अबको जिम्मेवारी कार्यकर्ता र जनतामा गएको बताउनुभयो । नेता बलदेवले सबैले पुराना तिक्तता विर्सेर एक भएर लाग्न कार्यकर्ता तथा जिल्ला नेताहरुलाई अपिल गर्नुभयो ।

जिल्लाका १० वटै स्थानीय तहबाट आएका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी नेता तथा पूर्व सभासद डोर प्रसाद उपाध्याय (निर्मलकुमार)लेयोजनाबद्ध भई अघि बढेमात्र सफल भइने बताउदै पुराना कमजोरी समिक्षा गर्दै अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेता उपाध्यायले बाम गठबन्धनका सबै उम्मेद्धवार आफुहरुका लागि उत्तिकै महत्वपूर्ण भएकाले सबै कार्यकताले अब एकमत भएर अघि बढेर जितलाई सुनिश्चतता तर्फ लैजान अनुरोध गर्नुभयो ।

माआोवादी केन्द्र पोलिटव्यूरो सदस्य गिरीधारीलाल न्यौपानलेले अगुवा कार्यकर्ता तथा जिल्ला नेताहरु संग यस पटकको निर्वाचन अस्तित्वको रक्षा र देशको अग्रगामी परिवर्तनका लागि भएकाले बाम गठबन्धनका साझा उम्मेद्धवारलाई विजयी गराउन तल्लो तह सम्म कार्यकर्ता परिचालन गर्न निर्देशन दिनुभयो ।
गठबन्धन जनताको घरदैलोमा जादा २ किसिमको चिन्हका कारण अन्यौलता हुन सक्ने भन्दै यसका लागि विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा संचारकर्मी मोर्चाबाटै मतदाता शिक्षा अभियान संचालन गर्न आग्रह गर्नुभयो ।
भेलाले तत्काल संयुक्त भेला बस्ने र विशेष रणनिति अनुसार निर्वाचन गतिविधी तिब्रताका साथ अघि लैजान र असन्तुष्ट कार्यकर्ताहरुलाई सम्बोधन गर्न नेतृत्व पक्तिलाई सुभाmव दिएको थियो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : ४२ बजे