१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्र बैंकले नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्ने



काठमाडौं, १८ कात्तिक ।
नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
विकास ऋणपत्र किन्न चाहनेले आइतबार दिउँसो २ बजेसम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिद गर्न चाहनेले कम्तिमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमसम्म पचास हजारले भाग गर्दा निःशेष भाग जाने परिमाणसम्म प्राप्त गर्न सक्नेछन् ।
ऋणपत्रका लागि छुट्याएको २० प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ प्रतिस्पर्धीका लागि र १ अर्ब रुपैयाँ रकम अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र साँवा २०८१ साल कात्तिक २० गते भुक्तानी गर्नुपर्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ४ : ५१ बजे