२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कांग्रेसका बागि अर्याल भन्छन्, उम्मेदवारी ज्यान गए फिर्ता लिदैन !



कपिलवस्तु, कार्तिक १८ ।
कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता राजु अर्यालले कुनै पनि हालतमा आफुले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको छ । पटक पटक आफु माथि पार्टीले अन्याय गरेकोले यसपालि ठुलै चुनौती बोकेर चुनावी मैदानमा होमिएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट स्वतन्त्र रुपमा विहिबार उम्मेदवार दर्ता गराउनुभएका अर्यालले आफु कार्यकर्ताको विचमै रहेको जानकारी दिनुभयो ।

सयौ कांग्रेस कार्यकर्ता आफु संगै रहेको भन्दै उहाँले दुई दुई पटक जनताबाट पराजित नेतालाई पार्टीले टिकट दिएर गम्भिर गल्ति गरेको बताउनुभयो । ३६ बर्ष पार्टीको राजनीतिमा लागेको भएपनि नेतृत्वले ठुलै अन्याय गरेको आफुले महसुस गरेको अर्यालले बताउनुभयो । गत बर्ष सम्पन्न पार्टीको अधिवेशनमा अर्याल जिल्ला सभापतिमा उठेर पराजीत हुनुभएको थियो ।

भोली उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यसूची छ । नेताहरु विहिबार बागि उठेका उम्मेदवारलाई जसरी भएपनि फकाउने गृहकार्यमा छन । तर त्यसको पूर्व सन्ध्यामा कांग्रेस नेता अर्यालको यस्तो कडा प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  १ : ४१ बजे