१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनवलका मेयर भरत थापा सम्मानित



परासी, १८ कार्तिक ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं सुनवल नगरपालिकाको मेयर भिम बहादुर थापा आज एक कार्यक्रम बिच सम्मानित हुनु भएको छ । पश्चिमाञ्चल पेट्रोलिम डिलर्स एशोसिएसनको १४ आंै वार्षिक साधारण सभा तथा ७ आंै अधिवेशनको उद्दघाटन शत्रमा पेट्रोलियम व्यवसायीको रुपमा रहेको महासंघका केन्द्रिय सदस्य भरत थापा सुनवल नगरपालिका नवलपरासीको मेयर पदमा निर्वाचित भएकोमा एशोसिएनले थापालाई सम्मान गरेको हो ।

मेयर थापा जिल्लाको सुनवलमा रहेको पि.के. आयल सप्लायर्सको प्रोपराईटर हुन् । जिल्लामा लामो समयदेखि पेट्रोलियम व्यवसाय गर्दै आएका मेयर थापाको कार्यक्रममा प्रसंशा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पेट्रोलियम डिलर्स एशोसिएनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले थापालाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । थापा सुनवलको मेयर संग संगै जिल्लाको एक सफल व्यवसायी पनि हुन् ।

कार्यक्रममा सुनवलमै रहेको त्रिनेत्र टेर्डसका प्रोपराईटर एवं पेट्रोलियम व्यवसायी उषा बन्जाडे जिल्ला समन्वय समिति नवलपरासीको सदस्य पदमा निर्वाचित भएकोमा बन्जाडेलाई पनि सम्मान गरिएको छ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा बुटवलमा भएको साधारण सभा कार्यक्रममा नवलपरासीका यि दुईटा व्यक्तित्वलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ३ : ४९ बजे