८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रामघाट र लक्ष्मणघाटमा कति हजार श्रद्धालु आए ? (पुरा पढ्नुहोस)



मायादेवी अनलाइन, कपिलवस्तु, १९ कार्तिक ।
यस बर्ष पनि कार्तिक शुक्ल पुर्णिमाको दिन रामघाटमा लाग्ने मेला हेर्न श्रद्धालुहरुको भीड लाग्यो । कपिलवस्तुको बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरु आएका थिए ।
रामघाट मेला ब्यवस्थापन समितिका अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्या बढेको छ । कार्तिक शुक्ल पुर्णिमाको दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परम्परागत मेला लाग्दै आएको छ ।
बाणगंगाको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजरहवा र हर्दौनामा शनिबार लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए । मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका हुन । रामघाटमा भारतको शोहरतगढ, अलीगढवा, बढनी तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँची लगायतका स्थानबाट श्रद्धालुहरु आएका थिए ।
मेलाका लागि शुक्रवार राति देखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए । भक्तजनहरुले रात भरी जाग्राम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए । यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । सो अवसरमा सयौ भक्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए ।
त्रेतायगुमा भगवना राम बनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेका थिए । रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउँछन । गौदान पुजा गराउन गौरी गाबिस भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताउनुभयो ।

मेलामा जिल्ला सहीत भारत, छिमेकी जिल्लाहरु लगायतका स्थानहरुबाट ठुलो संख्यामा सन्त, महन्त, साधुहरुहरु आएका थिए । उनीहरुले रातभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । मेलामा हुन सक्ने बिभिन्न घटनाहरुलाई रोक्न ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचान गरिएको थियो ।

यसैबिच ऐतिहासिक तथा धार्मिक महत्व बोकेकोे कपिलवस्तुको लक्ष्मणघाटमा हरेक वर्ष जस्तै यस बर्ष पनि पुर्णीमाको अवसर पारेर शनिबार देखि मेला लागेको छ । मेला आइतबार सम्म लाग्ने बताइएको छ । वाणगंगा नदी किनारमा अवस्थित लक्ष्मणघाटको धार्मिक महत्व बढी रहेकोले हरेक बर्ष आजैका दिन यस ठाउँमा ठुलै मेला लाग्दै आएको छ ।

प्राचीन किंवदन्ती अनुसार लक्ष्मणले वाण हानेर पानी निकाली सीतालाई खुवाएको कारण लक्ष्मणघाटलाई श्रद्धालु भक्तजनले पवित्र भुमिको रुपमा मान्दै आएका छन । साउन महिनामा बोलबमको पूजाआजा हुने यस स्थलमा कार्तिक पूर्णीमाको अवसर पारेर पनि ठुलै मेला लाग्दै आएको छ ।

विशेष गरि थारु जातीले निकै महत्वको साथ पूजा गर्ने यस स्थलमा आजभोली सबै समुदायका हिन्दुधर्मालम्वीहरु स्नान गर्न आउने गरेका छन । हरेक बर्ष कार्तिक पूर्णीमाको दिन यहाँ ठुलै मेला लाग्दै आएको लक्ष्मणघाट मन्दिरका पुजारी ढुण्डीराज खनाल बताउहुन्छ ।

कपिलवस्तु जिल्लाको सवैभन्दा ठुलो मेलाका रुपमा लक्ष्मणघाटलाई लिने हुंदा मेलामा स्थानीय कृषि उत्पादनको बढि मात्रामा व्यापार हुने गर्दछ । घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरु र थारु जातीको सांस्कृतिक भेषभूषा मेलाको मुख्य आकर्षण हुने गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  १ : ४४ बजे