१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्वाचनलाई मध्य नजर गदै सीमा क्षेत्रमा विशेष निगरानी



कपिलवस्तु, २० कात्तिक (रासस) ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाएको छ ।
सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
यसैक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलको नेतृत्वको सुरक्षा समितिको एक टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुरक्षा समितिको सो टोलीले नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बजांहा बाँधको शनिबार अवलोकन गरेको छ ।
अवलोकनका क्रममा भारतीय पक्षबाट निर्माण गरिएको सो बाँधबाट नेपाली क्षेत्रका कृषकको धान खेती डुबेकोे, सीमास्तम्भसमेत डुबानमा परेको, वर्षायामका समयमा नेपाली भू–भागका सर्वसाधारणले डुबान समस्या भोग्नुपरेको अवस्था पाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो ।
जिल्लामा भारतीय पक्षबाट निर्माण गरिएका महलीसागर, बजांहा, मर्थीलगायतका बाँधका कारण वर्षेनी नेपाली कृषक समस्या भोग्न बाध्य छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ४७ बजे