१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दीपकुमारका बागी दुर्गा सेन पछि हटे, कतै चलखेल त भएन !



मायादेवी अनलाइन, कपिलवस्तु, २० कार्तिक ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट दीप कुमार उपाध्याय विरुद्ध बागि उम्मेदवारी दिएका दुर्गा सेनले उम्मेदवारी फिर्ता लिएका छन । उपाध्याय विरुद्ध गत विहीबार मनोनयन दर्ता गराएका सेनले आइतबार मात्र चुनाव चिह्न लिएका थिए । आइतबार उम्मेदवारी फिर्ता र चुनाव चिह्न प्रदान गर्ने समय सम्म उम्मेदवारी फिर्ता नलिएका सेनले सोमबार एक विज्ञप्ति निकाली उम्मेदवारी फिर्ता गरेको जनाएका छन ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुबाट सेनले किताव चिह्न लिएका थिए । लगत्तै उनि चुनावी प्रचार अभियान सामाजिक सञ्जाल र भेटघाटबाट बढाएका थिए ।
पूर्व भारतका लागि नेपाली राजदुत समेत रहेका उपाध्याय र पार्टीका शिर्ष नेताको दबाबको कारण अन्तिम समयमा आएर उनले उम्मेदवारी फिर्ता लिएका हुन । कांग्रेसका महासमिति सदस्य समेत रहेका सेनले बागी उम्मेदवारी फिर्ता लिए पछि यस क्षेत्रका कांग्रेस कार्यकर्ताहरु खुसी भएका छन । तर सेनले अहिले किन एकाएक उम्मेदवारी फिर्ता लिए राजनीति बृत्तमा विभिन्न चर्चा परिचर्चा उठ्न थालेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १२ : ३६ बजे