१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्थायी सरकारको लागि बाम गठबन्धनको बहुमत आवश्यक : भुषाल



भैरहवा, २१ कार्तिक ।
ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषालले मुलुकमा स्थिर सरकार निर्माणको लागि बाम गठबन्धनको बहुमत आवश्यक रहेको बताउनुभएको छ । उहाँले विगतमा बामपन्थीहरुको विभाजनले कांग्रेसले त्यसको फाइदा उठाएकोले अब जनता सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

ने.क.पा. एमाले र ने.क.पा.(माओवादी केन्द्र) क्षेत्र नं. ३ अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. १३, १४ र सियारी गाउँपालिका वडा नंं १ को संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुषालले चुनावमा जनतामाझ झुठो आश्वासन बाँडने र पैसाले मत किन्न खोज्ने शक्तिलाई अब जनताले चुनावमा परास्त गरेर देखाइदिने ठोकुवा गर्नुभयो ।

त्यस्तै रुपन्देही क्षेत्र नं. ३ (१) प्रदेशसभाका उम्मेदवार विश्वास बराल (अनुप), प्रतिनिधिसभा ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरी लगायतले बोल्दै देश विकासको निम्ति बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

संयुक्त निर्वाचन परिचालन समिति प्रतिनिधिसभा ३ (१) का संयोजक श्याम खरेलको अध्यक्षता, ने.क.पा.(माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सचिवालय सदस्य युगराज पाण्डेको स्वागत मन्तव्य तथा माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  २ : ३५ बजे