११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

राजपालाई कांग्रेस संग पार्टी एकिकरण गर्न नेता मिश्रको सुझाव



मायोदवी अनलाइन, कपिलवस्तु, २१ कार्तिक ।
संयुक्त बाम गठबन्धन प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेद्वार ईश्वर दयाल मिश्रले मधेसी दलले प्रदेश नं. २ लाई मात्र नेपाल ठानेको कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको बताउनुभयो । नेकपा एमालेले मात्र मुलुकलाई सहि दिशा तर्फ डोहो¥याउन सक्ने भएकाले आफु एमालेको चुनाब चिन्ह सूर्य लिएर उम्मेदवारी दिएको बताउनुभयो ।

राजपाले पाँच नम्बर प्रदेशका जनतालाई अन्याय गरेकोले पार्टी परित्याग गर्न बाध्य भएको उहाँको जकिर छ । राजपा मधेसका मुद्धामा भन्दा पनि कांग्रेसको पुच्छर बनिरहेको उहाँको जिकिर थियो । संसद बाहिर जनतालाई उल्लु बनाई आन्दोलन गर्न लगाउने, संसद भित्र कांग्रेसलाई पटक पटक भोट दिने मिश्रले आक्रोसित मुद्रामा राजपा नेतालाई भन्नुभयो, ‘दोहोरो चरित्र नदेखाउ बरु छिट्टै कांग्रेसमा पार्टी विलय गराउँ ।’

जिल्लाको बहादुरगञ्जमा आयोजित संयुक्त बाम गठबन्धन क्षेत्र नं. ३ को सम्पर्क कार्यालय उद्घाटन तथा चुनावी प्रचार प्रसार कार्यक्रमको शुभारम्भ गर्दै उहाले यस्तो बताउनुभएको हो ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  २ : ५० बजे