१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तौलिहवामा एक दिने शान्ति संवाद



कोपिला पोख्रेल, कपिलवस्तु २१ कात्तिक ।
दिगो शान्तिका लागि द्धन्द प्रभावित महिलाहरुको न्यायमा पहुच विषयक १ दिने अन्तरक्रिया शान्ति संवाद कार्यक्रम सोमबार तौलिहवामा सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समुह कपिलवस्तुको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा २० भन्दा बढि द्धन्द प्रभावित महिला तथा एकल महिलाहरुको सहभागिता रहेको थियो । द्धन्द कालमा आफ्ना श्रीमान गुमाएकी शान्ता केसिले सरकारको तर्फबाट आजसम्म आफुले कुनैपनि राहत नपाएको कार्यक्रम मार्फत गुनासो व्यक्त गर्नुभयो ।
वाणगंगा नगरपालिका वडा नं ११ भडसडवा निबासी केसिले २०५६ सालमा भारतबाट आउदै गर्दा नेपाल र भारतको सिमानाका बाट आफनो श्रीमानलाई कस्ले के गर्यो आज सम्म पत्तो नलागेको दुख व्यक्त गर्नु भयो । त्यस्तै आफना समस्या बताउदै कपिलवस्तु नगरपालिका रामघाट डेरवा बस्ने राजमति ठाकुरले श्रीमान र छोराको नागरिकता हुदा हुदै पनि आफनो नागरिकता हाल सम्म नभएको उँहाले कार्यक्रम मार्फत समस्या पोख्नुभएको थियो ।
उता स्थानिय शान्ति समितिकी कार्यलय प्रमुख यमुना मरासिनीले भने केसिको श्रीमानको संस्थाबाट पहल भईरहेको जानकारी गराउनु भएको थियो । त्यस्तै स्थानिय शान्ति समितिको तथ्याङ अनुसार मृतक तथा बेपक्ताका परिवारलाई हाल सम्म १सय ८३ जनालाई १० लाख, मृतक र बेपत्ता भएका तिनजना लाई पाँच लाख, टुहुरा बालबालिका ५ जनालाई २५ हजार, र अपहरणमा परेका १ जनालाई २५ हजार बितरण गरेको तथ्याङ रहेको छ ।
शान्ति स्थापनाका लागि हाल सम्म भए गरेका प्रयासका बारेमा कार्यक्रम मार्फत प्रस्ट पारिएको थियो । जसमा शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ति समितिको निर्माण, स्थानिय शान्ति समिति, शान्ति संवाद क्लव, समिति गठन, शान्ति केन्द्र, शान्ति समुह, बार्ता टोलीको गठन, सत्य निरुपन तथा मेलमिलाप आयोग गठन, बेपक्ता छानबिन आयोग गठन लगायतका प्रयासहरु भएको छलफल अवगत गराईएको थियो ।
कार्यक्रम मार्फत महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाले पिडित महिला हरुका लागि उजुरी गर्ने बिभिन्न निकायका बारेमा जानकारी गराउदै स्थानिय शान्ति समिति, जिल्ला प्रशासन कार्यलय, महिला तथा बालबालिका कार्यलय, हालको नगरपालिका तथा गाँउपालिकाका जो कोही पिडित महिला पुरुष बालबालिकाका लागि न्यायिक समिति गठन भएको र त्यँहा गएर आफना समस्या राख्न अनुरोध गरिएको थियो । कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समुह कपिलवस्तुकी अध्यक्ष कल्पना महतको अध्यक्षता रहेको कार्यक्रममा, जिल्ला समन्वय समिति कपिलवस्तुकी उप सभापति तारा चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, जिल्ला बालबालिका कार्यालयकी प्रतिनिधि सम्झना भण्डारी, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुर्य कुमारी शाही लगायतले बोल्दै एकल महिलालाई हेर्ने नकरात्मक दृष्टिकोणलाई जडै देखि फाल्न सके मात्र समाज परिवर्तन हुन सक्ने बताउनु भएको थियो । कार्यक्रम टिका अधिकारीको स्वागत मन्तव्य तथा सचिव सुशिला खनालको संचालनमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  ३ : १५ बजे