४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

काँग्रेस–राप्रपाबाट लोकतन्त्र बचाउन मुस्किल छ : घनश्याम भुसाल



मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक ।
भैरहवा, २१ कात्तिक ।
नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले अब मुलुकको नेतृत्व बामपन्थीले गर्ने बताउनुभएको छ । उहाँले चुनाव लगत्तै बामपन्थीको सरकार बन्ने र त्यसले देशको सम्बृद्धि गर्ने बताउनुभयो ।
नेकपा एमाले र माओवादी केन्द्र क्षेत्र नं. ३ प्रदेश सभा १ को संयुक्त चुनाव परिचालन समितिद्वारा मंगलबार भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले काँग्रेस र राप्रपाबाट अब देश विकासका आशा हराइसकेकाले बामपन्थी शक्तिहरु एकजुट भएको बताउनुभयो ।
‘हामीले समाजवाद ल्याउँछौं भन्दा अत्तालिनेहरु अहिले कम्युनिस्ष्टहरु एकजुट भएर चुनावमा जाँदा झनै आत्तिएका छन्, यस्ता शक्तिबाट हामीलको कसरी देश विकास र आर्थिक सम्बृद्धिको सपना देख्ने’, भुसालले भन्नुभयो । काँग्रेस–राप्रपाले लोकतन्त्र बचाउन नसक्ने बताउँदै भुसालले आफूहरुको काँधमा युगिन जिम्मेवारी आएको बताउनुभयो । भुसालले त्यो जिम्मेवारीलाई दुईतिहाई बहुमतका साथ कम्युनिष्टहरुले सक्षम तरिकाले निभाउने दावी गर्नुभयो । ‘कम्युनिस्टहरुको दुई तिहाई आउँछ भन्ने डरले आफूलाई लोकतन्त्रवादी शक्ति हौं भन्नेहरुले अहिले अधिनाकवादतर्फ जान लाग्यो बामपन्थी गठबन्धन भनिरहेका छन्’, भुसालले भन्नुभयो– ‘जसले दुई तिहाई शक्तिको अपमान गर्छ, त्यो आफै सिद्धिन्छ ।’

मुलुकको नेतृत्व लामो समय काँगे्रसले गर्दा देशको विकास हुन नसकेको बताउँदै भुसालले अब बामपन्थीहरुको नेतृत्वले विकास गर्ने बताउनुभयो । क्षेत्र नं. ३ लाई लुम्बिनीसँग जोडेर विकास गरे मात्रै समग्र रुपन्देहीको विकास हुने उहाँको तर्क छ । राप्रपा नेता तथा रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार दीपक बोहोरातर्फ इंकित गर्दै उहाँले भन्नुभयो– ‘पटक–पटक मन्त्री हुने तर जनचाहना अनुसार विकास गर्नुको सट्टा कहिले कुन काण्ड मच्याउने, कहिले कुन काण्ड मच्याउने’, अब भन्नुहोस् जनताले र साँच्चिकै काँग्रेस जनले राप्रपालाई भोट हाल्छन्, की लोकतन्त्रवादी शक्तिलाई, उहाँले प्रश्न गर्नुभयो ।

मतदातालाई इतिहासलाई फर्केर हेर्न आग्रह गर्दै भुसालले आफू पैसा र शक्तिको बलमा भन्दा पनि इमान्दारिता, विचार र जनचाहना अनुसार क्षेत्र नं. ३ को विकास गर्न उम्मेदवार भएको बताउनुभयो । उहाँले २०५१ सालमा आफूले जित्दा संक्रमणकालीन अवस्थामा पनि रुपन्देहीको विकासका लागि थुप्रै काम गरेको दावी गर्नुभयो ।
माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य हकिकुल्लाह खाँनले लोकतन्त्र बलियो बनाउन बामपन्थीले जित्नु पर्ने बताउनुभयो । उहाँले जनतालाई भ्रममा पारेर संक्रमणकालीन अवस्थाको फाइदा उठाउने काँग्रेस र राप्रपा कुनै पनि हालतमा मतदाताको राजाईमा नपर्ने बताउनुभयो ।
बामगठबन्धनका तर्फबाट प्रदेश सभा १ का उम्मेदवार विश्वास बराल अनुप)ले बामपन्थीले जितेमात्र स्थिर सरकार र विकासका ढोका खुल्ने बताउनुभयो । उहाँले मतदाताहरु अन्यौलमा नपरी बामपन्थीका उम्मेदवारहरुलाई मतदातन गरी जिताउन आग्रह गर्नुभयो । एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष पुरुषोत्तम घिमिरेले काँग्रेस नेता आलोकनाथको हत्याराहरुले अहिले कुन मुखले काँग्रेसलाई भोट माग्ने भनेर प्रश्न गर्नुभयो ।
निर्वाचन परिचालन कमिटीका अध्यक्ष हितराज पन्थीको अध्यक्षता, चोपलाल आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेताहरु पुष्पाञ्जली उपाध्याय, हरिप्रसाद अधिकारी, डा.रामप्रसाद बश्याल, पम्फावती खनाल, रमेश पौडेल, प्रेमकुमार सेन्चुरी, जीवलाल अर्याल, उमा काफ्ले, बुँद राना, श्याम खरेल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  १ : ०१ बजे