१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्थायी सरकार र मुलुकको समृद्धिको लागि बामगठबन्धन -उम्मेदवार बलदेव



मायादेवी अनलाइन, वाणगंगा, २२ कार्तिक ।
कपिलबस्तु प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ का बामपंथी गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले मुलकको समृद्धी र एकताको लागि बामगठबन्धन गरेको बताउनुभएको छ । गठबन्धन आसन्न मंसिर २१ गतेको चुनावलाई मात्र नभई पार्टी एकताको लागि पनि भएको जिकिर गर्नुभयो ।

प्रतिनिधीसभा १ का उम्मेदवार बलदेवले निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिचालन कमिटीको संयुक्त बैठकलाई सम्बोधन गर्ने यस्तो बताउनु भएको हो । उहाले बाम गठबन्धनलाई कुनैपनि शक्तिले पछि पार्न नसक्ने समेत दाबी गर्नुभयो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा हसिया हथौडा र प्रदेशसभा १ र २ मा सूर्य चिह्नमा भोट दिएर बामपंथी गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा १ का उम्मेदवार विष्णु पन्थीले जिल्लाको बहुआयमिक विकास गर्दै जिल्लाको मुहार फेर्ने जिम्मेवारी बाम गठबन्धनको मात्र भएको बताउनुभयो । जनतालाई विपक्षी दलले विभिन्न भ्रम छर्न सक्ने भएकोले कसैको भ्रममा नपर्न मतदातालाई आग्रह गर्नुभयो । देश र जनताको हितमा बामपंथी गठबन्धन भएको उहाले स्पष्ट पार्नुभयो ।

यसैगरी प्रदेश सभा २ का उम्मेदवार फैजल खांले राष्ट्यिताको आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउदै कमजोर बनेको राष्ट्यितालाई बचाउने अभिभारा संयुक्त बाम गठबन्धको भएको बताउनु भएको छ ।

बैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, निवर्तमान सांसदद्धय बलराम अधिकारी, विश्राम प्रसाद थारु, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य गिरिधारीलाल न्यौपाने लगाएत, जन्जीर प्रसाद थारु, विमला घिमिरे, सुकई थारु, बाबुराम आर्चाय, जनी बन्जाडेले समेत बोल्नु भएको थियो ।

उक्त बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनका लागि चुनावी कार्यक्रमहरु समग्र योजना समेत निर्माण गरेको छ । जस अनुसार निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना तथा व्यवस्थापन, बडा स्तर सम्म निर्वाचन परिचालन कमिटी निमार्ण, जनसंगठन परिचालन प्रचार प्रसार लगायतका समग्र निर्वाचन परिचालन सम्बन्धी कार्यक्रमहरुको कार्यन्वयन गर्ने निणर्य समेत गरेको छ ।

बैठक प्रतिनिधी सभा क्षेत्र नं. १ का निर्वाचन परिचानल कमिटी संयोजक डम्मर शर्माको अध्यक्षता, निर्वाचन परिचानल कमिटी सदस्य विष्णु बेल्बासेको संचालनमा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  २ : २५ बजे