१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनावको मुखमा स्याङ्जा कांग्रेसलाई धक्का, महासमिति सदस्य लम्साल एमालेमा प्रवेश !



रोशन लामिछाने, स्याङ्जा, २२ कार्तिक ।
नेपाली कांग्रेसका महासमिति सदस्य दिपक लम्साल नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन् । लम्सालले पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस परित्याग गरि एमालेमा प्रबेश गरेको जानकारी दिएका हुन ।

३० बर्ष नेपाली कांग्रेसको राजनिति गरेका लम्सालले पार्टीले टिकट वितरणमा एक पक्षलाई मात्र स्याङ्जामा टिकट पाएको बताए । स्थानीय तहको निर्वाचनमा पनि छवि विग्रेका भ्रष्टचरित्र भएका अलोकप्रिय उमेदवारका कारणले पुतलीबजारमा कांग्रेसले पराजय भोग्नु परेको पत्रकार सम्मेलनमा बताए ।

विभिन्न सामाजिक सघं संस्थामा समेत राम्रो छवि बनाएका लम्सालले कुनै हालतमा कांग्रेसमा आफु नर्फकने र आगामी निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरि नेकपा एमालेलाई अत्याधिक मतले जिताउन सबै सग आग्रह गरे ।

आफु कांग्रेसमा हुदाँ पनि सबैलाई सहयोग गरेको स्मरण गर्दै लम्सालले एमालेमा हुदाँ पनि आफुले सबैलाई सहयोग गर्ने जानकारी दिए । यही २४ गते एमालेका युवा नेता रविन्द्र अधिकारी स्याङ्जामा आउने कार्यक्रम रहेको हुदाँ सबै एमालेमा प्रवेश गर्न आग्रह गरे ।

पत्रकार सम्मेलको समयमा आखा भरी आसु बनाएका लम्सालले पहिलेनै नेकपा एमालेको टिकट लिएको जानकारी दिए । उनले स्याङ्जा क्षेत्र नं. १ का एमालेका उमेदवार नारायण मरासिनिको हातबाट टिका लगाएर एमालेमा प्रबेश गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पुतलीबजार नगर प्रमुख बेदप्रसाद दोरङ्गाले पनि आफुले राजनितिबाट सन्यास लिएको बताए । उनले आफु पनि कुनै हालतमा कांग्रेसमा नफर्कने जानकारी दिए । उनले जिल्ला कार्य समितिको बैठकमा समेत हाम्रा गुनासा र पिडा प्रति नेतृत्व पुनः उदासिन बनेका आरोप लगाए ।

यस अघिनै स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसलाई असहयोग गरि नेकपा एमालेलाई सहयोग गरेको आरोपमा क्षेत्रीय समितिले जिल्ला समितिमा महासमिति सदस्य लम्साल र नगर सभापति दोरङ्गा लगायतलाई कारबाहिको सिफारीस गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  २ : ३१ बजे