७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बामगठबन्धनलाई जिताउन सञ्चारकर्मी यसरी लाग्ने



मायादेवी अनलाइन, गोरुसिङ्गे, २२ कार्तिक ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कपिलवस्तुको संयुक्त वैठक मङ्गलबार गोरुसिंगेमा सम्पन्न भएको छ । वैठकले मंसिर २१ मा हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन संचारक्षेत्रले खेल्नुपर्ने भूमिका र जिम्मेवारीबारे बृहत छलफल गरेको छ ।
कपिलवस्तुका प्रतिनिधीसभा तर्फको ३ वटा क्षेत्र र प्रदेशसभा तर्फको ६ वटा निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारका विकासका एजेण्डा, आर्थिक सम्बृद्धिका लागि बामगठबन्धनलाई मत किन भन्ने जस्ता विषयमा जनता माझ पुगेर आफना घोषणापत्र र योजना सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ ।
वैठकले निर्वाचनका गतिविधी, सूचना संकलन र प्रचार प्रसारका लागि प्रतिनिधी सभाका ३ वटै क्षेत्रमा विभिन्न संयोजक तथा सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । वैठकका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पत्रकारले आचार संहिता र मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचार गर्नुपर्ने पत्रकारलाई सुझाव दिनुभएको थियो ।
वैठक प्रचार विभाग प्रमुख एलपी वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष बाबुराम खनाल, रुपेश श्रेष्ठ, भेषराज पाण्डे, विकास बन्जाडे, बसन्त गिरी, हरि अधिकारी, डिलाराम भुसाल, लगाएतले बोल्नुभएको थियो । यसैविच उक्त अवसरमा सञ्चारकर्मी मनिष गुप्ता बामगठबन्धनमा प्रवेश गर्नुभएको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा सञ्चारकर्मीको रुपमा क्रियाशिल गुप्ता यस अघि लोकतान्त्रिक धारामा रहदै आउनुभएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  २ : ४२ बजे