७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चर्चित नेता लालबाबु पण्डितको घरदैलो अभियान यस्तो छ !



मोरङ, २२ कार्तिक ।
मोरङ क्षेत्र नं. ६ का उम्मेदवार तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घरदैलो अभियान सुरु गरेका छन् । मन्त्री रहदा चर्चित रहेको पडिण्तलाई अहिले चुनावी घर दैलो अभियानमा उत्साहका साथ युवा, वृद्ध, महिला तथा केटाकेटीले समेत दिइरहेका छन् ।
अभियानमा साथ दिने जनताको उत्साहका आधारमा उनको जित सुनिश्चित जस्तै भएको घरदैलोमा सहभागी भइरहेको अनेरास्वियूका सचिव ओसिम आलम भन्छन् । पडिण्त अहिले कृषकको खेतबारीदेखि बजार क्षेत्रसम्म पुगेर भोट मागिरहेका छन् ।
उनले विराटनगरलाई प्रदेश न. १ को राजधानी बनाउन महत्तपूर्ण पहल गर्ने बताउँदै काँग्रेसले समेत बेवास्ता गरेको पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पालामा विराटनगरमा घण्टाघर बनाउने कुरा आफूले पुरा गर्ने बताए ।
प्रदेशसभा सदस्यमा मोरङ क्षेत्र नं. ६ (१)को उम्मेदवार जीवन आचार्य र (२)को उम्मेदवार रमेश पोख्रेल पनि घर दैलो अभियानमा सँगै छन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ६ : २१ बजे