१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कृष्णनगरबाट दुई महिलाको उद्धार, बिचौलीया पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक ।
कपिलवस्तु प्रहरीले मानव बेचविखन तथा ओसारपसारको आरोपमा एक जना विचौलियालाई पक्राउ गरेको छ । मानव बेचविखनमा क्रियाशिल केआई नेपाल र ईलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले मानब बेचबिखन तथा ओसापसारको आरोपमा कृष्णनगरबाट बिचौलियालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा राजापुर १ बर्दिया बस्ने ४२ वर्षीय कृष्ण प्रसाद रेग्मी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रेग्मी र अन्य २ बिचौलियाले दैलेख घर भएका गोमा बि.क र निर्मला बि.क (नाम परिबर्तन) लाई कुबेत पु¥याउने भन्दै बिभिन्न प्रलोभनमा भारत हुदै कुबेत लैजाने बहानामा सिमापार गराउन खोजेका थिए । बेचविखन तथा ओसारपसारमा संलग्न २ जना विचौलियाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

नेपाल भारत सिमा क्षेत्र कृष्णनगर नाका हुदै भारत लैजाने क्रममा बेचविखनको संका लागेपछि दुई महिलालाई सोधपुछ गर्दा उक्त विवरण खुल्न आएको केआई नेपालका परामर्शदाताले जानकारी दिएका छन् । संस्थाले २ महिलालाई उद्धार गरेपछि साथमा लिएर आउने कृष्ण प्रसाद रेग्मीलाई केहि समयमा नै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख सुभास गैरेले जानकारी दिए ।

प्रहरी निरिक्षक गैरेका अनुसार दुई फरार बिचौलीयाको खोजी भईरहेको बताए । उद्धार गरिएका २ विवाहित महिलालाई केआई नेपाल शाखा कार्यालय कृष्णनगर र प्रहरीको संयुक्त रोहबरमा अभिभाबकको जिम्मा लगाइएको छ । बिचौलियालाई मानब बेचबिखन तथा ओसार पसारको अन्तर्रगत इलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ६ : ४० बजे