१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेस उम्मेदवार आचार्य भन्छन्, चुनाव जिते सिमा क्षेत्रको समस्या समाधान गर्छु



कपिलवस्तु, २३ कार्तिक ।
नेपाली कांग्रेस कपिलवस्तु पार्टी सभापति एवं प्रतिनिधीसभा सदस्य कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले सिमा क्षेत्रको विकासमा आफुले निरन्तर काम गर्दै आएको र आगामी दिनमा समेत थप काम गर्ने उनले बताए । कपिलवस्तुको हर्दौनामा आयोजित चुनावी सभामा वोल्दै नेता आर्चायले कजरहवाको सिंगरहवा देखी हर्दौनाको करेलिया सम्मको सडक निर्माणको लागी बजेट विनियोजन गरेको बताए । त्यस्तै कजरहवा देखी हर्दौना सम्म वाणगंगा नदिले कटान गरेको ६ कि .मि तटवन्धनको लागी जलउतपन्न प्रकोप नियन्त्रण कार्यलय मार्फत विस्तृत परियोजना अध्ययन गरि मन्त्रालयमा फाइल पुगेको र आगामी आर्थिक वर्ष बाट सो कार्यको सूरुवात हुने बताए ।
सिमा क्षेत्रको विकासको लागी शिक्षा, स्वास्थ्य, सडक जस्ता कार्यमा आफु राज्यमन्त्री हुदा केही काम गरेको र त्यसको निरन्तताको लागी आफु लागे परेको समेत आर्चायले बताए । कजरहवामा नदि कटानको समस्या समाधानको लागी केही काम भैरहेको र आगामी दिनमा दिर्घकालिन रुपमा समस्या समाधान हुने गरी योजना बनाएको हुंदा सो कार्यान्वन हुनेमा ठुक्क हुन जनतालाई आग्रह समेत गरे । अधुरो अल्गी पुल निर्माण ,वाणगगा नदिमा पुल निर्माण जस्ता उक्त क्षेत्रको समस्या समाधान गर्न आफु लागेको समेत उनले बताए ।
सो अवसरका नेपाली कागे्रंसका उप सभापति अब्दुल कलाम खां, क्षेत्रिय सभापति राजेश्वर सिंह, क्षेत्र नं १ का सभापति केशव कुमार श्रेष्ठ, प्रदेश सभा सदस्यका उमेद्धार जवाहारलाल चौधरी, महाराजगजं नगरपालिकाकी उप प्रमुख शोभावती कुर्मी, बुद्धभुमी नगरपालिकाकी उपप्रमुख मिरा थारु, वडा अध्यक्ष योगेन्द्र केसी,शैलेन्द्र चौधरी लगायतले सो क्षेत्रको विकासका बारेमा वोलेको महाराजगजं निर्वाचन प्रचार संयोजक गगेशनाथ तिवारीले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७४ बिहिबार ००:००  ४ : १५ बजे