२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

विप्लवका दुई नेता पक्राउ



रोल्पा, २३ कात्तिक ।
चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र जिल्ला सेक्रेटरी सन्तोस सुवेदी ‘प्रयास’लाई पक्राउ गरेको छ ।
आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई असर पर्ने काम गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पाले विशेष सुरक्षा निगरानीको गरेर जिल्ला इन्चार्ज खत्रीलाई सदरमुकाम लिबाङ र सेक्रटेरी सुवेदीलाई सुवर्णावती गाउँपालिका(३ मिझिङबाट पक्राउ गरेको रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । मतदाताहरुलाई त्रास देखाएको आरोपमा प्रहरीले दुवैलाई गिरफ्तार गरेको जनाएको छ । पक्राउ परेका सुवेदी काठमाडौं(२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् । चुनाव विरोधी गतिविधिमा लाग्ने जोकोहीलाई पक्राउ गर्ने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।
प्रहरीले बुधबार नै रोल्पा नगरपालिका(२ सातदोबाटोमा गाडी जाँचको क्रममा कटुवा पेस्तोलसहित माडी गाउँपालिका(३ का श्याम बहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई पक्राउ गरेको छ । उनीहरु को हुन र किन हतियार लिएका हुन भन्ने बारे अनुसन्धान भइरहेको पनि डिएसपी फुयाँलले बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०७४ बिहिबार ००:००  ४ : २५ बजे