४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

पाणिनीलाई देशकै नमुना बनाउँने बामपंथी उम्मेदवारको प्रतिबद्धता



नबिन के.सी, अर्घाखाँची, २३ कार्तिक ।
अर्घाखाँचीका बाम उम्मेदवारहरुले पाणिनी गाउँपालिकालाई नमुना बनाउने तथा बिश्वमा चिनाउने गरि कार्ययोजना बनाउने प्रतिबद्धता जाहेर गरेका छन । यस क्षेत्रको बिकाश गर्नको लागी देशका महत्वपूर्ण सड्क सञ्जाल सालझण्डी सन्धिखर्क ढोरपाटन सड्क आयोजना र सालझण्डी गुल्मी फास्ट्र ट्रयाकको काम सम्पन्न भएको बाम गठबन्दनका प्रतिनिधी सभा सदस्यका उम्मेद्धवार टोपबहादुर रायमाझीले बताए । ‘पाणिनी रिर्षीले तपस्या गरि नेपालि व्याबकरण सुरुवात गरेको स्थानलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि काम गर्ने छु पुर्बधार बिकाशको रुपमा बाटो तथा केही स्थानमा भ्यू टावर राख्ने काम भएको छ ।

यस क्षेत्रलाई पर्यटक तथा कृषिको पकेट क्षेत्रको रुपमा बिकाश गरि रोजगारीको अबसर सृजना गरि आर्थीक सम्बृद्धी तर्फ लाग्ने छौ ।’ यस क्ष्ँोत्रको कृषीलाई बिकाश गर्नको लागी मेरो कार्याकालमा यसै ठाउँको चिबेक र मथुराबेसीमा कृषी क्यामपस स्थापना भएको समेत रायमाझीले बताए । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको संयुक्त बाम गठबन्दनको पाणिनी गाउँपालिका स्तरीय बिस्तारित बैठक खिदमको दुर्बाशेश्वर गुपmामा बाल्दै रायमाझी तथा घिमिरेले उक्त प्रतिबद्धता जाहेर गरेका छन ।

जनताको अपेक्षा एमाले र माओबादी केन्द्र दुबै मिलेर जाने भए पनि स्थानीय तहमा त्यो मिलन हुन नसक्केको हुदाँ अपेक्षा अनुसारको स्थानीय तहमा जित हुन नसेको प्रदेश सभा क्षेत्र नम्वर २ का उम्मेद्धवार रामजी घिमिरेले बताए । ‘आगामि मंसिर २१ गतेहुने प्रदेश तथा प्रतिनिधी सभाका बाम उम्मेद्धवारहरुलाई फराकिलो मत अन्तरले बिजयी गराउन सबै तहका व्याक्तिहरु लाग्न पर्दछ ’ । राजनैतिकमा स्थाई शत्रु र स्थायी मित्र नहुने भन्दै घिमिरेले भने ‘हिजोको दिनमा केही फरक मत भए पनि अब निर्बाचन पछि पार्टी एकिकरणको दिशामा अगाडि बढ्ने हुदाँ एउटै लक्ष्यमा पुग्नको लागी एकता आव्यसता पर्दछ त्यसको लागी नै बाम गठबन्दन भएको बताए ।’

जिल्लामा रहेका मतदातालाई मत राख्ने तरिकाको बारेमा सबै तहका कमिटिहरु परिचालन हुनु पर्ने नेकपा एमालेका केन्द्रिय सदस्य नजिर मियाँले बताए । ‘देशको आर्थीक सम्बृद्धिको लागी बाम गठबन्दनलाई दुई तिहाई बहुमत आव्यसक छ । ०५१ सालमा र ओली प्रधानमन्त्रीहुदाँ गरेको कामलाई हेरेर पनि बाम गठबन्दन लाई मतदान गर्ने छन ’। नेकपा माओबादी केन्द्रका सचिबालय सदस्य चन्द्रबहादुर खड्काले निर्बाचनमा गठबन्दनको बिपक्षमा जाने दुबै पार्टिका नेता तथा कार्यक्रतालाई ठाउँ को ठाउँ कारबाही गर्ने बताए । उनले भने ‘निर्बाचनको अबधिभर निर्बाचन अनुगमन गर्नको लागी टोल टोलमा सूचकहरु नियुक्ति गरेका छौ प्राप्त सूचनालाई बिश्लेषण गर्ने गठबन्धन बिरोधी गतिबिधी गरेको पाईएमा पार्टीको बैठक पनि नबसी त्यो अनुगमन समितिले कारबाही गर्ने छ ’ ।

नेपालको बिकाश तथा आर्थीक सम्बृद्धीको बाटोमा लैजानेका बाम गठबन्दनबाट मात्रै हुने हुदाँ यो गठबन्दन ऐतीहासीक भएको नेकपा एमालेको तर्फ बाट प्रतिनिधी सभाका समानुपातिक उम्मेद्धवार बृद्धिबहादुर रायमाझीले बताए । संयुक्त बैठकले जीबलाल घिमिरे संयोजक र कमल घिमिरे सह–संयोजक रहेको ५५ सदस्य रहेको निर्बाचन परिचालन समिति, गुनाखर अधिकारी संयोजक र शकंर घिमिरे सह–संयोजक रहेको ५०१ सदस्य प्रचारप्रसार समिति, माधब गौतम संयोजक र सूर्य के.सी सह–संयोजक रहेको ९ सदस्य आर्थीक परिचालन समिति, श्रीहरी गौतम संयोजक र अयाबदिन अलि सह–संयोजक रहेको २१ सदस्य रहेको युबापरिचालन समिति गठन गरेको छ । भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमारर बि.क, नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला, सचिब रामबहादुर चौहान, उपसचिब प्रेमनारायण गैरे, युवा ईन्चार्ज लिलबहादुर बि.क र युवा संघका जिल्ला अध्यक्ष गोबिन्द आचार्य लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३६ बजे