१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

प्रतिनिधिसभा ३ को बामगठबन्धन चुनावी अभियानमा होमियो



अराज सिहं बेल्बासे, चन्द्रौटा, २३ कार्तिक ।
बामगठबन्धनको निर्वाचन क्षेत्र नम्बर ३ चुनावी अभियानमा तातेको छ । अहिले गठबन्धनले चुनावी बैठक गरिरहेको छ । बुधबार बसेको बैठकले मङसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले र माआवादी केन्द्रको सयुंक्त गठबनधनका उम्मेदवारलाइ निर्वा्चित गराउन ४७ जना मुल निर्वाचन परिचालन कमिटी सचिवालय सदस्य रहने गरि गठन गरेको छ ।

बैठकले बिभिन्न उपसमिति समेत गठन गर्दै बाम उम्मेदवारहरुलाई बहुमतले जिताउन सबै एक जुट भएर लाग्न पाटीका नेता तथा कार्यक्रतालाइ निर्देशन समेत गरेको छ । सयुंक्त बाम गठबन्दन निवाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ का सयोजक सफर अलिमियाको अध्यक्षता नेकपा एमाले जिल्ल अध्यक्ष झबिलाल पोख्रेलको प्रमुख आथित्यता, माओवादी केन्द्रका जिल्ला सयोजक भानु प्रकाश श्रेष्ठको बिषेश आथित्यता नेकपा एमाले ५ नम्बर प्रदेश सदस्य क्षेत्र बहादुर खत्री पुर्व अञ्चल बिभाग सदस्य अब्दुल रहुफ लगायतको आथित्यता तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार इश्वर दयाल मिश्र, प्रदेश सभा २ का उम्मेदवार अर्जुन केसी लगायत एमाले र माओवादी नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन सयुंत बाम गठबन्दन निवाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ का सह सयोंजक बालाक राम बुढाले गर्नु भएको थियो ।

यस्तै प्रेस चौतारी नेपाल र प्रेस सेन्ट र नेपाल कपिलवस्तु को क्षेत्र न ३ को सयुक्त वैठक चन्द्रौटामा सम्पन्न भएको छ । वैठकले आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा मा वाम उम्मेदवारलाई सहयोग पुर्याउने निर्णय गरेको छ । जिल्लाको निर्देशन अनुसार क्षेत्र न ३ मा चिन्ता परियार संयोजकत्वमा मिडिया परिचालन समिति गठन गरेको थियो ।

बुधबार भएको वैठकमा निर्वाचन परिचालन समिति क्षेत्र न ३ का संयोजक सफर अलिले चुनाव जित्न मिडिया को महत्वुर्ण अंग भएकाले वाम उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो । मियाले क्षेत्र भित्र हुने कार्यक्रम तथा एजेण्डा प्रतिवद्धतालाई जनतामाझ लैजानुपर्ने धारण राख्नुभयो ।प्रेस चौतारी र सेन्टरको सयुक्त वैठकले विभिन्न समिति समेत गठन गरेको छ ।वाम गठवन्धनलाई जिताउन संयुक्त प्रेस गठवन्धनले मुख्य भुमिका खेल्ने मिडिया संयोजक चिन्ता परियारले वतानुभयो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ४५ बजे