६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

राजनीतिक दलको चुनावी प्रचार आक्रमक बन्दै



मायादेवी अनलाइन, कपिलबस्तु, २४ कात्तिक ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबका लागि यतिबेला कपिलबस्तुका राजनितिक दल प्रचारप्रसारमा ब्यस्त भएका छन । त्यसैगगरी संयुक्त बामगठबन्धनले पनि चुनावी प्रचार प्रसारलाई तिब्र बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ का २ वटै प्रदेश निर्वाचन क्षेत्रमा संयुक्त बाम गठबन्धनले प्रचार प्रसारलाई अघि बढाएको हो । जसअन्तर्गत आज प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतको शुद्धोधन गाउपालिकाका १, २ र ३ नं. वडामा कार्यक्रर्ता भेटघाट गर्नुका साथै घरदैलो गरिएको छ ।

यता बाणगंगा नगरपालिकाका २ र १० नं. वडामा पनि घरदैलो गरेको छ । आज भएको घरदैलो कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का निबर्तमान सांसद बलराम अधिकारिको अगुवाईमा प्रतिनिधीसभा १ का उम्मेदवार चन्द्रप्रकाश खनाल बलदेव, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदार बिश्नु पन्थि, प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदार फजलुर रहमान, जन्जिर प्रसाद थारु, बिश्नु बेल्बासे लगायत एमाले र माओबादी केन्द्रका सयौ अगुवा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शुक्रबार बाणगंगा नगरपालिका २, ३, ४ र ५ नं. वडामा चुनाबि प्रचारपस्रार कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन कमिटि प्रतिनिधि सभा १ का सँयोजक डम्बर शर्माले बताउनुभयो ।

यसैविच संयुक्त बामपन्थीको चुनावी भेला क्षेत्र नं. २ बुद्धभुमि नगरपालिका वडा नं. ४ को झोडुला माई मन्दीरमा सम्पन्न भएको छ । भेलामा बेल्दै संयुक्त बाम गठबन्धन निर्वाचन क्षेत्र नं. २ का सहसंयोजक एवं माओवादी केन्द्रका पालिटव्युरो सदस्य रुद्धलाल बन्जाडेले आगामी दिनमा बाम पन्थीको जित सुनिश्चित बताउनु भयो । प्रतिक्रियाबादी र राष्ट्घाति शक्तिहरु बाम गठबन्धनका विरुद्ध भ्रामक प्रचार गर्न लागि परेकाले त्यसको भण्डारफोर गर्दै देशलाई आर्थिक समृद्धि र समाजवाद उन्मुख बनाउन बाम पार्टीलाई जिताउनु पर्ने पहिलो आवश्कयकता रहेकोमा जोड दिनु भयो ।

सोही अवसरमा एमालेका सचिवालय सदस्य पिताम्बर खनालले अहिले जसरी बालि भित्रियाउने र खेतीपाती गर्ने बेला भएको छ ,त्यसैगरी ५ बर्षका निम्ति यो चुनावमा बाम गठबन्धनलाई जिताउन उत्तिकै महात्वप्ुर्ण रहेकाले सबैमा एकताबद्ध भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रम बुद्धभुमि नगरपालिका इन्र्चाज देवी वेल्बासेको अध्यक्षता , नरहरि भटटराईको संचालन गोपी पोख्रेलको स्वागतमा सम्पन्न भएको हो ।
कार्यक्रममा रुपेश श्रेष्ठ, बाबुराम न्यौपान,े चिन्तामणी खनाल, विष्णु केसी पवित्रा केसी, जगमोहन थारु , मञ्जु चौधरी , मथुरा चौधरी, विष्णु भुषाल, गोपाल थारु लगाएतको उपस्थिती रहेको थियो ।

यसैबिच नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुका उम्मेदवार दीपकुमार उपाध्यायले आज सुद्धोधन गाउँपालिकाको सवै स्थानमा अगुवा कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम गर्नुभएको छ ।

जनताका राय लिंदै उपाध्यायले समग्र कपिलवस्तुलाई नेपालकै एक समुन्नत जिल्ला बनाउने घोषणा गर्दैै जनताका समस्या समाधान गर्ने घोषणा गर्नुभयो । सो घरदैलो कार्यक्रममा जिल्ला सदस्य लोक नाथ शर्मा, क्षेत्रीय सभापति मन्नान खाँ, जिल्ला सचिव महेन्द्र पाठक लगायतका नेता कार्यकर्ता तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

यसैबिच राष्ट्रिय जनमोर्चा जिल्ला समिती कपिलवस्तुको चुनाबि रणनीति तयारी गर्नको लागि जिल्लाको गोरुसिहेमा दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । प्रतिनिधिसभा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्री, प्रतिनिधि सभा सदस्य कपिलवस्तु क्षेत्र नम्बर ३ का उम्मेदवार छन्द बहादुर के.सि., प्रदेश सभा सदस्य उम्मेदवार कपिलवस्तु क्षेत्र नम्बर १ को (१) का दल बहादुर कुवरले समेत सम्बोधन गर्नु भएको थियो ।
साथै रक्तिम अभियान जिल्ला समितिका कलाकारहरूले बिच बिचमा जनवादी गित संगीतको प्रस्तुति समेत देखाएका थिए । भेलाले जिल्ला भरी नै चुनाव सम्पन्न गर्न विभिन्न कार्यक्रम समेत तय गरेको छ । कार्यक्रम हिमलाल वाग्लेको सन्चालन जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेको स्वागत र अध्यक्ष ददिराम आचार्यको अध्यक्षता, बामपंथी युवा नेता सुरेस थापाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा ने.क.पा. मसालका जिल्ला प्रवक्ता छविलाल गैरे ,अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, युवक संघ केन्द्रीय सदस्य सशिधर सापकोटा , ट्रेड युनियन महासंघ का केन्द्रिय सदस्य केअर सिंह अदै, जनजती सम्मेलन केन्द्रिय सदस्य , जातीय समतासमाजका जिल्ला अध्यक्ष राम बहादुर नेपाली, महिला संघ जिल्ला सचीव मिना पोख्रेल लगायतले शुभकामना दिनुभयको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : ११ बजे