१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कृष्णनगर वजार सफाइ



मायादेवी अनलाइन, कृष्णनगर, २४ कार्तिक ।
कृष्णनगर नगरपालिकाको आयोजनामा विहिबार नगर सरसफाई गरिएको छ । युनिसेफको सहयोग तथा जनपद र सशस्त्र प्रहरीको सहकार्यमा विहिबार कृष्णनगर बजारको सरसफाई गरिएको हो । नगरपालिका प्रमुख रजत प्रताप शाह लगायत नगर समितिका पदाधिकारी, प्रहरी र स्थानिय समेतको सहभागितामा नगरपालिका कार्यालयदेखि भन्सारसम्म सरसफाई गरिएको छ ।

यसपछि हरेक सप्ताह सबैको सहभागीता प्रत्येक वडाको सरसफाई गरिने कार्यक्रम रहेको अधिकृत गणेश आर्यालले बताउनुभएको छ । कृष्णनगरलाई खुलादिशा मुक्त र सरसफाई युक्त बनाउन स्थानिय सहभागिता हुनै पर्ने नगरप्रमुखको भनाई छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : २३ बजे