१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

किसान पेशालाई सम्मानजनक रुपमा हेर्न माग



मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक ।
राष्ट्रिय किसान आयोगले बुटवलमा किसान आयोग गठनबारे अभिमुखिकरण गोष्ठी गरेको छ । कार्यक्रममा बोल्दै सहभागीहरुले अहिले पनि किसानलाई राज्यले हेर्ने दुष्टिकोणमा ठोस परिर्वतन आउन नसकेको भन्दै किसान पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गर्न सबैको हातेमालो जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले किसानहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन नआएकै कारण आयोग गठन भएको जानकारी दिनुभयो ।
उहाँले नेपालका ७ वटै प्रदेशमा किसान आयोग गठनको बारेमा जानकारी दिनको लागि गोष्ठी आयोजना गरिएको जानकारी दिदै प्रदेश नम्बर ७ र ६ को गोष्ठी सकि बुटवलमा प्रदेश नम्बर ५ को गोष्ठी सञ्चालन गरिएको जानकारी दिनुभयो ।
६५ दशमलव ६ प्रतिशत जनता कृषिमा संलग्न भएको देशमा कृषिले आशा गरे अनुसार सफलता पाउन नसक्नुको कारण सरकारसँग स्पष्ट कृषि नीतीको अभाव हुनु रहेको उहाँले बताउनुभयो ।
जिल्ला संमन्वय समिति रुपन्देहीका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य एकराज विश्वकर्माले अव राजनीतिक परिर्वतन सकिएको भन्दै आर्थिक प्रगतिको लागि अव सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमा राष्ट्रिय किसान आयोगका जेत बहादुर सुवेदीले किसान आयोगको परिचय, वर्तमान स्थीतिको बारेमा कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही लगायतका ६ जिल्लाका किसान, जिल्ला कृषि विकास कार्यालयका प्रमुख तथा प्रतिनिधी, जिल्ला पशु सेवा कार्यालयका प्रंमुख तथा प्रतिनिधिहरु, किसान आयोगका सदस्यहरु, किसान मञ्चका विभिन्न प्रमुख तथा प्रतिनिधि लगायतको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  २ : ५८ बजे