८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेस चुनावी प्रचार प्रसारमा यसरी तात्यो



जितपुर (कपिलवस्तु) २५ कात्तिक ।
नेपाली कांग्रेस बाणगंगा नगर समितिको बैठक चार नः जितपुरमा सम्पन्न भएको छ । बैठकले ३०१ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । नेपाली काग्रेस बाणगंगा नगर समितिका कार्यबाहाक सभापति बिष्णु थापाको संयोजक्तवमा प्रचार प्रसार समिति गठन गरिएको हो । साथै बैठकले बाणगंगाका ११ वटै वडामा सम्र्पक कार्यालय खोलने निर्णय गरेको बाणगंगा नगर समितिका सचिव रामजिसेनले जानकारी दिए ।

साथै आसन्न निर्वाचनमा नेपाली काग्रेसलाई जिताउन पार्टीका भातृ संगठन, महिला संघ, तरुण दल, नेविसघं, र बिद्यार्थी सगंठनहरुलाई पनि उनीहरुकै सहभागीतामा छलफल गरी आवश्यक पक्रिया अगाडी बढाउने निर्णय पनि भएको सचिव सेनले बताए । बैठकमा नगर समितिका सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरुको सहभागीता रहेको थियो ।

यसैवीच नेपाली कांग्रेश प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुका उमेद्धार दीप कुमार उपाध्यायले हिजो सुद्धोधन गाउँपालिकाको सवै स्थानमा अगुवा कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम गर्नुभएको छ । जनताका राय लिंदै उपाध्यायले समग्र कपिलवस्तुलाई नेपालकै एक समुन्नत जिल्ला बनाउने घोषणा गर्दैै जनताका समस्या समाधान गर्ने घोषणा गर्नुभयो । सो घरदैलो कार्यक्रममा जिल्ला सदस्य लोक नाथ शर्मा, क्षेत्रीय सभापति मन्नान खाँ, जिल्ला सचिव महेन्द्र पाठक लगायतका नेता कार्यकर्ता तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ३ : २४ बजे