१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

टोप बहादुर रायमाझी भन्छन्, ‘५० हजार युवालाई स्वदेश फर्काउँछु’



अर्घाखाँची, २५ कार्तिक ।
नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन् ।

उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठान सहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको रासससँग काठमााडौँमा भएको भेटमा जानकारी दिए ।

गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु–याउने प्रतिबद्धता पनि अर्घाखाँचीबाट प्रतिनिधिसभा उम्मेदवार रायमाझीले व्यक्त गरे।

उनले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा (माओवादी केन्द्र) ले राखेको जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  १० : ३१ बजे