८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्रीङ्गीघाट सामुदायिक बनको साधारणभा



मायादेवी अनलाइन, कपिलवस्तु, २६ कार्तिक ।
श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिले आर्थिक बर्ष २०७४÷०७५ को तीन करोड दुई लाख बराबरको प्रतावित बजेट पारित गरेको छ । शनिबार जीतपुर चारनम्बरमा भएको सातौँ साधारणसभाबाट उक्त बजेट सार्वजनिक गरिएको हो ।
प्रस्तावित बजेट सहितको कार्यक्रम सार्वजनिक गर्दै बनका अध्यक्ष रेनु सेनले उपभोक्ताको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बनबाट प्राप्त बजेटको सोही कार्यान्वयन गर्दै उपभोक्ताको मन जित्नुु नै आफ्नो पहिलो काम हुने उहाले बताउनुभयो ।
साधारणसभामा बनका कोषाध्यक्ष मिरा चौधरीले ६९ लाख ५१ हजार बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला बन कार्यालय कपिलवस्तुका उपसचिव कृष्ण न्यौपानेले सामुदायिक बन बनको नीति विधान अनुसार चल्नुपर्ने बताउनुभयो । सामुदायिक बन समुदायको स्वामित्वमा रहेको भन्दै पारदर्शी, जवाफदेही भएर उपभोक्ताको मन जित्ने गरि काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा बाणगंगानगरका मेयर मंगल प्रसाद थारु, वडा नम्बर १ कि वडा अध्यक्ष बालकुमारी पन्त, वडा नम्बर ४ का वडा अध्यक्ष गशेण क्षेत्री, जिल्ला बन महासंघका अध्यक्ष हुमनाथ भट्टराई लगायतले बोल्नुभएको थियो । वाणगंगानगरपालिकाका वडा नम्बर १, ३, ४ र ५ का उपभोक्ताको सहभागीता रहेको साधारणसभाको सञ्चालन कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  ३ : १० बजे