१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

रायमाझी भन्छन्, ‘साविकका ४२ गाविसमै मोटर गुड्छ’



मायादेवी अनलाइन, अर्घाखाँची, २६ कार्तिक ।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच वर्ष भित्रमा अर्घाखाँचीका साविकका ४२ वटै गाविसमा पुग्ने मोटरबाटो कालोपत्रे गरिछाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनी अर्घाखाँचीबाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । संयुक्त वाम गठबन्दनले सितगंगा नगरपालिकाको ढाडाको आम सभामा बोल्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् । ‘जसरी अर्घाखाँचीका तत्कालिन ४२ वटै गाविसलाई सडक सञ्जालले जोडिएको थियो ठिक त्यसै गरी ५ वर्ष भित्रमा ४२ वटै गाविस छुने सडक कालोपत्रे गरि नयाँ रेकर्ड राखिने’ उनले बताए । सबै गाविसमा सडक पुग्ने देशकै पहिलो जिल्ला अर्घाखाँची भएको रायमाझीले बताए । ‘जिल्लाका सबै वार्डमा सडक कालोपत्रे हुने पहिलो जिल्ला पनि अर्घाखाँची नै बन्ने छ’ उनले उद्घोष गरेका छन ।
सभामा नेकपा एमालेका केन्द्रिय सदस्य नजिर मियाँले बाम गठबन्दनले मात्र देशमा सम्बृद्धी ल्याउनको लागी पहल गर्ने हुदाँ गठबन्दनका उम्मेद्धवारलाई जिताउन सबै नेता कार्यक्रतालाई आग्रह गरेका थिए । यसै कार्यक्रममा बोल्दै अर्घाखाँची प्रदेशसभा क्षेत्र नम्बर( १ का एमाले उम्मेदवार चेतनारायण आचार्यले आफूले निर्वाचन जितेपछि जनताको हली भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफूलाई मतदान गर्ने मतदाताको शिर झुक्न नदिने गरी काम गरेर देखाउने बाचा गरे । निर्वाचन जितेपछि जनताका काम सेवक भएर पुरा गर्ने आचार्यले बताए । ‘अर्घाखाँचीमा कतैबाट पनि कांग्रेसलाई चुनावी दाउ नलाग्ने ठोकुवा गर्दै उनले भने बाम एकताले जिल्लामा निर्वाचनको उत्साह बढेको छ र कांग्रेसीहरु अत्ताल्लिएका छन’ ।
अर्घाखाँचीको प्रदेशसभा क्षेत्र नम्बर(२ बाट एमाले उम्मेदवार बनेका रामजी घिमिरेले जिल्लामा बाम गठबन्धनको जित निश्चित भएको ठोकुवा गरे । जित निश्चित भएपनि निर्वाचनमा एकजुट भएर लाग्न उनले सम्पूर्ण बाम कार्यकर्तालाई आह्वान गरे । बाम गठबन्धनले देशैभर जितेपछि दिल्लीको आदेश स्विकार गर्नु नपर्ने घिमिरेले बताए । निर्वाचनपछि प्रतिपक्षमा बस्नुपर्ने भएकाले कांग्रेसको निन्द्रा खल्बलिएको उनले आरोप लगाए
सभामा चन्द्रबहादुर खड्का ,बम बहादुर बि.क , पिताम्वर भुसाल ,ठाकुरकुमार बि.क र छमकुमारी खनाल चिनारी लगाएतका नेताले मन्तव्य राख्दै बाम गठबन्दको बिरोधमा जाने नेता तथा कार्यक्रतालाई कारबाही गर्ने चेतवानि दिएका थिए । सभा बसन्त श्रेष्ठको अध्यक्षता र बिष्णु गैरेको सञ्चालनमा सम्पन्न भएको पत्रकार नबिन के.सी ले खबर पठाउनु भएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  ३ : १६ बजे