१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भलवाडका युवालाई चुनावले छोएन, लागे सप्ताहब्यापी सरसफाई अभियानमा !



चुरामणि अर्याल, कपिलवस्तु, २७ कार्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिए संगै देशैभरको माहोल चुनावमय भईरहेको यो समयमा यहाँका युवालाई भने चुनावले छोएको छैन् । बरु उनिहरु सप्ताहब्यापि गाँउ सरसफाई अभियानमा होमिएका छन् ।
जिल्लाको वाणगंगा नगरपालिका वडा नं.—९ पडरियामा रहेको दिप ज्योति युवा क्लवका सदस्य युवा युवतीहरुलाई अझै सम्म चुनावले छोएको छैन् । यसको उदाहरण हो, शनिवार उनिहरु आप्mनै गाँउमा रहेको एतिहाशिक राम जानकी मन्दिर (कुटी) परसरमा सरसफाईमा ब्यस्त देखिेन्थे ।

करिब ४५ जना बढि युवा युवतिहरु सरसफाई अभियानमा जुटेको देखिन्थ्यो । यतिबेला ति युवाहरुको हातमा बिभिन्न पार्टिको झन्डा हुनुपर्नेमा कसैको हातमा कोदालो, कसैको हातमा हसिया, बन्चरो, कुचो, खरेटो, खन्ती लगाएत सामाग्री थिए । कती कम्पाउण्ड वरीपरी तार बार लगाउन लागी पोल गाड्न ब्यस्त थिए । कोही झाँडि सफाईमा ब्यस्त देखिन्थे ।

सबै जना सरसफाईका विभिन्न कार्यका जुटेका थिए । ति युवा युवतिहरुको अनुहार र ब्यवहारमा हेर्दा चुनावै नआएको होकि भन्ने अनुभुति हुन्थ्यो । उनिहरुलाई सोध्दा पार्टिप्रति नैरास्यता देखिन्थ्यो ।
जुनसुकै पार्टिको पछि लागे पनि गाँउको विकासमा खासै महत्व नदिएको भन्दै “युवाको एकता आजको आवश्यता” भन्ने नारासहित शनिवारदेखि सप्ताहब्यापी सरसफाई अभियानमा लागेको क्लवका अध्यक्ष चुरामणि अर्यालले जानकारी दिए ।
उहाँले भन्नुभयो,—“सरकारको मुख ताकेर मात्र गाँउको विकास नहुने भो त्यसैले युवा तातिएका छौ ,आप्mनो गाँउ आफै बनाउनुपर्छ” ।
अबदेखि क्लवले प्रत्यक शनिवार गाँउमा भएका बाटो–घाटो,मठमन्दिर,कुला–नाला साथै मन्दिर,कुटि सरसफाई अभियानमा जुट्ने अध्यक्ष अर्यालले जानकारी दिए । अभियानको शनिवार कपिलवस्तुकै सबैभन्दा पुरानो रामजानकी मन्दिर (कुटी) परिसर सरसफाई गरी उद्घाटन गरिएको छ ।
सरसफाई अभियानका क्रममा गाँउको करिब पाच किलोमिटर बाटो रामकुमारटोल,संगमचोक,मिलनचोक ,प्रगती टोल र बुद्धटोल सरसफाई गर्ने बताईएको छ ।
अभियानका क्रममा बाटोमा भएको झाँडी पडान लगाएत सफाई गरिने छ भने अबदेखि बाटोमा दाउरा ,अन्य ढुङगा ,गिट्टी राख्न र बाटोमा बस्तुभाउ समेत नबाध्न अनुरोध गरिने क्लवले जनाएको छ । यो अभियान करिब तिन महिना रहने छ ।

चुनावको मुखमा किन यस्तो अभियान थाल्नुभो ? भन्ने प्रश्नमा क्लवका अध्यक्ष अर्याल भन्नुहुन्छ,–सबै सदस्यको परामर्श लिदा यो समय अभियानको लागी उपयुक्त भएको निर्णय अनुसार गरिएको र चुनावले कुनै असर नपार्ने बरु नेतामा चेतना जगाउने उनको भनाई थियो ।
पुर्व पश्चिम लोकमार्ग बनगाई देखि करिब ८ किलोमिटर उत्तर अर्घाखाँची संग जोडिएको यस गाँउमा रहेको यस दिप ज्याति युवा क्लवले विगत लामो समय देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
यस वर्षको देउसी भैलोबाट उठेको तिन लाख पचास हजार दान रकम पोलमा सरसफाई,पोलमा लाईट जडान लगाएतका कार्य गरिने क्लवले जनाएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : ४८ बजे