७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जनउत्थान सामुदायिक लघुवित्त सामाजिक कार्य गर्दै



कोपिला पोख्रेल, कपिलवस्तु, २७ कात्तिक ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि., बनगाई शाखाद्वारा मृतकको परिवारलाई ऋण मिनाहा तथा राहत स्वरुप क्रिया खर्च वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको शाखा कार्यालय बनगाई अन्तर्गत जुनेली बैंकिङ समुदाय वाणगंगा–११, कपिलबस्तु केन्द्र नं. १२.००३६ मा आवद्ध समुह सदस्य श्री खुईले दमाई की बुहारी श्री सुक बहादुर दर्जिको श्रीमति कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ११, भडसडहवा मा बासोबास गर्दै आएकी श्री माया दमाई को यहि कात्तिक ११ गते शनिवारका दिन ३८ वर्षको अल्पायुमै असमायिक निधन भएको यस दुखत घढीमा उहाँको परिवार प्रति सम्वेदना प्रकट गर्दै यस जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि. का वरिष्ठ अधिकृत श्री ज्ञानिश्वर पन्त, अधिकृत श्री इन्द्र बराली र भरत कुमार रसाली द्वारा स्वर्गीय माया दमाईको परिवारलाई बैंक बाट लिएको साधारण कर्जा रु २२,२२०।– र मौसमी कर्जा रु २०,०००।– गरी जम्मा बाँकी रु ४२,२२०।– मिनाहा गरिएको पत्रका साथै क्रिया खर्च बापत पति श्री सुक बहादुर दर्जि लाई नगद रु ३०००।– प्रदान गरियो । कार्यक्रममा बोल्दै केन्द्रिय कार्यालयका वरिष्ठ अधिकृत श्री ज्ञानिश्वर पन्त ले शोक सन्तप्त परिवार प्रति सम्वेदना प्रकट गर्दै जनउत्थान बैंक सुखमा मात्र नभई दुखमा पनि समुह सदस्यहरुलाई साथ दिने बैंक रहेको बताउनु भएको छ । त्यस्तै गरी अधिकृत श्री इन्द्र बराली ले यो बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने क्रियाकलाप भएको र बैंक सदैव सुख दुखको सारथीको रुपमा रहनुका साथै बैंकको ग्राहक संरक्षण कोष निति २०७२ को बुदाँ नं. ०५ को व्यवस्था बमोजिम ऋण मिनाहा तथा क्रिया खर्च उपलब्ध गराएको बताउनु भयो । त्यस्तै गरी अधिकृत श्री भरत कुमार रसालीले बैंकले सदैव समुह सदस्यको हित हुने खालका क्रियाकलापहरु गर्ने, उद्यमशीलता सृर्जना गर्न सहयोग पु¥याउने, सानो सानो बचतहरु संकलन गर्ने र समुहको जमानीमा ऋण उपलब्ध गराउने कार्य गर्दछ भन्ने बारेमा उपस्थितीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रम सञ्चालन शाखा प्रमुख सुरज सुनारले गर्नु भएको थियो ।
पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा २५ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस बैंकमा करिब १८,००० जना समुह सदस्यहरु आवद्ध रहेका छन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : ५३ बजे