१० मंसिर २०७९, शनिबार | Sat Nov 26 2022

एमाले नेता शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते



भोजपुर, २८ कार्तिक ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि भोजपुरमा बम प्रहार भएको छ । भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान बम प्रहार गरिएको हो ।

नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेको सँगै रहेका अखिलका सचिव मकर खड्काले जानकारी दिए ।

पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेको राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहारी गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको छ । गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।
नयाँ पेजबाट

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  ४ : ५९ बजे