१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पहाडीया र मुस्लिमको एक भोट चाहिँदैन भन्नेहरुलाई जनताले चिनेका छन् !



अराज सिहं बेल्बासे, कपिलवस्तु, २९ कार्तिक ।
विगत सामाजिक सदभाव बिगार्दै राजनिती गर्नेहरुलाई अहिले जिताएर भुल नगर्न एमालेका युवा नेता मिर्जा अशरद वेगले मतदातालाइ अनुरोध गर्नुभएको छ । बहादुरगंजमा भएको बृहत आमसभा कार्यक्रममा बोल्दै नेता वेगले हिजो पहाडी लाई भगाउछु भन्नेहरु पनि अहिले सकृय भएको, हिजो मुस्लिमको एक भोट चाहिदैन भन्नेहरु मुस्लिम ढोग्दै मत माग्दै हिडेको प्रति नेता बेगले भने, ‘चुनावमा नाटक गर्न सक्छन भोट दिएर गल्ति नगरौँ ।’ यस्तै हिजो गणतन्त्र चाहिँदैन राजा चाहिन्छ भनेर उर्लिनेहरु अहिले मतमाग्दै हिडेको भन्दै सचेत ढङ्गले मताधिकारको प्रयोग गर्न नेता बेगले मतदाता संग आग्रह गर्नुभएको छ ।

बाम उमेदवारहरु कहिले सदभाव नबिगार्ने, हरेक जाती धर्मको सम्मान गर्ने भएकोले पनि बाम उमेदवारलाइ बिजयी गराउन उहाले अनुरोध गर्नु भयो । जनताले चाहेमा आफु मुस्लिम भए पनि ८० प्रतिशत हिन्दु भएको देशमा हिन्दु राष्ट्र बनाउन लागि पर्ने उहाँले उद्घोष गर्नुभयो ।

मधेसका प्रभावशाली नेता समेत रहनुभएका नेता वेगले बाम उम्मेदवारले जिते बहादुरगञ्ज अस्पताल, कृष्णनगर अस्पतालको स्तरउन्नती, चन्द्रौटामा टर्मा सेन्टर बराबरको अस्पताल निमार्ण गर्ने उपचारको लागि बाहिर जानु पर्ने झन्झट अन्त्य हुने प्रतबद्धता व्यक्त गर्नुभयो । ५ बर्ष भित्र राप्ति नदिको पानी ड्रइर्भसन गरि जिल्लालाइ सिचाँइ सुविधा पु¥याउने पनि उहाले बताउनुभएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १ : ३३ बजे