११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कांग्रेस कपिलवस्तुको आत्मघाति कदम !



मायादेवी अनलाइन ।
मंसिर २६ गते कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्त रुपमा आचार संहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुमा उजुरी दर्ता गराए । उक्त उजुरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवारी दिएका दीपकुमार उपाध्याय विरुद्ध थियो । पञ्चायत देखि राजनीतिमा सक्रिय हुँदै आएका र निवर्तमान भारतका लागि नेपाली राजुदत समेत रहेका उपाध्याय विरुद्ध एकाएक निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै उजुरी दर्ता भएपछि मिडियामा छ्यापछ्याप्ती समाचारहरु आए ।
उपाध्यायले आफ्नो निर्वाचन क्षेत्रमा ठुलाठुला होडिङ बोर्ड झुण्डाएका थिए । उनले लुम्बिनी–तौलिहवा सडकखण्डमा प्रचारप्रसार सामग्रीले कांग्रेसमय बनाएका थिए । विजुलीका पोल देखि विभिन्न रुखविरुवा सम्म उनकै तस्बिर टासिँएको थियो । उनले यस्तो हर्कत गर्नुपूर्व अरु कुनै पनि दलका उम्मेदवारले यसरी आचार संहिताको गम्भिर उल्लङ्घन गरेर प्रचारप्रसार गरेका थिएनन । सत्तारुढ दलकै उम्मेदवारले यसरी निर्वाचन आचारसंहिता विपरित काम गर्न थालेपछि नागरिक अगुवाहरुले विभिन्न टिप्पणी गर्न थाले । मिडिया, समाज देखि सरोकारवालाले आचार संहिता विपरित गतिविधि बाहिर आएपछि उपाध्यायको चर्चो आलोचना गर्न थाले । त्यसको भोलीपल्ट कांग्रेस कपिलवस्तु एकाएक आत्तिएर एउटा विज्ञप्ति निकाल्यो । कांग्रेस क्षेत्रिय प्रचार प्रसार समितिका संयोजक अब्दुल मन्नान खाँद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको थियो, ‘सन्तनेता दीपकुमार उपाध्याय विरुद्ध मिडिया, समाज चारैतिर अनर्गल प्रचारप्रसार गरियो । बामपंथी गठबन्धनलाई गम्भिर आरोप लगाउँदै विज्ञप्ति आयो–‘उपाध्यायको जीत सुनिश्चित भएको देखेर विपक्षीहरु आतिएका छन !’

कांग्रेसले प्रकाशित गरेको विज्ञप्ति यस्तो छ !

नेपाली कांग्रेसको एकता र जनताको लहर देखी निर्वाचनमा पराजय भोग्ने डर भए पछि वाम गठवन्धन छटपटाउन थालेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ प्रचार प्रसार समितिले आज जारी गरेको प्रेस विज्ञप्तिमा अधिनायकवाद लाद्ने सोच सहित अघि बढेको बाम गठवन्धनका विरुद्ध लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जनताको साथ देखेर वाम घटक छटपटाउन थालेको बताए ।
प्रचार प्रसार समितिका संयोजक अब्दुल मन्नान खांले जारी गरेको प्रेस विज्ञप्तिमा पुर्व राजदुत एवं नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नंं. १ का उम्मेदवार दीप कुमार उपाध्यायको राजनैतिक चरित्र हत्या गर्न खोजिएको प्रति पनि खेद प्रकट गरिएको छ । काठमाण्डौंबाट संचालनमा रहेको एकता न्यूज डटकम लगायतका संचार माध्ययमको प्रयोग गरी वाम गठवन्धनले उम्मेदवार दीप कुमार उपाध्यायलाई भारतीय रुपैयाको दुरुपयोग गरेको भन्ने भ्रामक समाचार प्रकाशन गरेको प्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकर्षण भएको सो विज्ञप्तिमा जनाईएको छ ।
भारतीय रुपैया मात्रै होईन एक रुपैया नेपाली रकम पनि कहि कतै दुरुपयोग भएको भए त्यसलाई प्रमाणित गर्न निर्वाचन प्रचार प्रसार समितिका संयोजक खांले चुनौती दिएका छन् । मित्रवत् प्रतिस्पर्धाबाट पराजित हुने पक्का पक्की भए पछि वाम गठवन्धनले अब आचार संहिता उल्लंघनको बाहानामा सन्त नेता उपाध्यायको चरित्र हत्या गर्न खोजेको बताए ।
सामान्य होडिंग बोर्ड र प्रचार सामाग्री जिल्लाका सवै राजनैतिक दलका उम्मेदवारहरुले प्रयोग गरेको भए पनि सन्त नेता उपाध्यायलाई मात्रै लक्षित गरि उनको चरित्र हत्या गर्न खोज्नु गलत भएको नेपाली कांग्रेसले जनाएको छ । सन्त नेता उपाध्यायको चरित्र हत्या गर्न छाडी जनताको विश्वास जितेर अघि बढ्न बाम गठवन्धनलाई नेपाली कांग्रेसले चुनौती दिएको छ । कांग्रेसको विज्ञप्ति अनुसारको समाचार ।

अहिलेको सञ्चार युगमा पनि कांग्रेसले जुन विज्ञप्ति निकालेर पानी माथिको ओभानो बन्ने प्रयास गरेको छ, त्यो आम मतदाताले गम्भिर रुपले हेरका छन, बुझेका छन । राजनीतिमा पनि इमान, इज्जत, सत्यता र वस्तुपरक हुनुपर्छ भन्ने मान्यता तोड्दै कांग्रेसले आफ्नो असली चरित्र प्रष्ट देखाएको छ । दुनिँयामा सबैलाई बेकुप बनाएर सत्ताको मोह चाख्न बानि पर्दै आएकाहरुले २१ औँ शताब्दीमा यस्तो हुँदैन भन्ने बुज्न नसक्नु कांग्रेसको ठुलै कमजोरी हो । कांगे्रस पार्टी मात्र नभएर एउटा आन्दोलन हो भनेर बुद्धिजीविहरु तर्क गरिरहँदा कांग्रेस कपिलवस्तुले देखाएको असली चरित्र उसकै लागि आत्मघाति हुन सक्छ !
निर्वाचन आचार संहिता विपरित उजुरी दर्ता भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले उपाध्यायलाई मौखिक रुपमा सम्झाएको जनाएको छ । पटक पटक भन्दा पनि अटेरी गरेको पाइए कडा कार्रबाही हुने कार्यालय जनाउँछ । तर उपाध्यायले निर्वाचन कार्यालयको मौखिक उजुरी गलत्ताएर राजमार्ग क्षेत्रमा पनि आचार संहिता उल्लङ्घन गर्न थालेका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत बनगाई देखि पिपरा सम्मका हरेक विजुलीका पोलमा उपाध्यायको होडिङ बोर्ड देखिन्छ । सत्ताको नेतृत्व गरेकै पार्टीका उम्मेदवारले यसरी निर्वाचन आचार संहिता उल्लङघन गर्न थालेपछि विपक्षी पार्टीहरुले चर्को आलोचना गरेका छन । कतिपय दलका उम्मेवारले त उपाध्यायले आचार संहिता उल्लङघन गर्न हुने हामीले किन नहुने भन्दै होडिङ बोर्ड झुण्डाउन थालेका छन । यसरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने होडबाजी कहिले सम्म ? नियम विपरित जाने पार्टीका उम्मेदवारलाई कार्रबाही हुन्छ कि हुँदैन आम सर्वसाधारणको एउटै चासो छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ९ : ३९ बजे