२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

पशु बिमा नगरे कृषकलाई जोखिम



कपिलवस्तु, १ मंसिर ।
शिबराज नगरपालिका पशु सेवा शाखा कार्यालयको आयोजनामा चन्द्रौटामा पशु बिमा गर्ने सम्बन्धि गोष्ठी समपन्न भएको छ । पशु सेवा शिबराज शाखाले पशुपालक कृषकहरुमा पशु बिमा परी सम्भाबित क्षति हुनबाट बचाउन पशु बिमा सम्बन्धी जागरण ल्याउने उद्देश्यका साथ पहिलो पटक शिबराज नगर भित्र रहेका पशुपालन समुह, पशुपालन समिति, दुग्ध सहकारी संस्था र अन्य पशुपालक कृषकको सहभागितामा गोष्ठी राखिएको हो ।
सरकारले देश भरीनै पशु धनको सुरक्षाका लागि जनमुखि र लोकप्रिय कार्यक्रम ल्याएको छ ।
सरकारले केहि बिमा कम्पनीसंग सम्झौता गरी पशु धनी र बिमा कम्पनीको बिचमा आपसी समझदारीको आधारमा पशुको मुल्य निर्धारण गरी निर्धारित मुल्यको ५ प्रतिशत रकम कम्पनीले पाउने सोही रकममा जति रकम कृषकले तिर्न पर्ने आउंछ सो को ७५ प्रतिशत सरकारले बेर्होने र जसमा कृषले २५ प्रतिशत मात्र तिर्नुपर्ने प्राबधान रहेको छ ।
नेपालमा ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आधारित छ । कृषकको अभिन्न अंगको रुपमा पशुपालनलाई लिन सकिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  १ : ३८ बजे