२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुमा पनि चार जनामा डेङ्गगु देखियो



मायादेवी अनलाइन, कपिलवस्तु, २ मंसिर ।
कपिलवस्तुमा डेङ्गगु रोगका ४ जना विरामी फेला परेका छन् । बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेङ्गगु रोग देखिएको हो । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउ बस्ने ४ जनामा डेङ्गगु रोग लागेको स्वास्थ्य संस्थाले जनाएको छ ।
स्थानीय क्लीनिकमा उपचार गराउदा निको नभएपछि स्वास्थ्य चौकीमा आएका विरामीलाई डेङ्गगु परिक्षणका लागि अंचल अस्पताल बुटवल रिफर गरिएको थियो । डेङ्गगु रोगका ४ जना मध्ये ३ जनाको उपचार भएपछि घर फर्केको र केहीको अंचल अस्पताल बुटवलमा उपचार भईरहेको स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावती अधिकारी बताउनुहुन्छ ।
डेगो डेङ्गगु रोग लागेका विरामीहरुमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, आखा दुख्ने, हाडजोर्नी दुख्ने लक्षण देखिने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले डेङ्गगु रोगबारे सचेतना गराउदै सर्वसाधारणलाई लामखुट्टेको टोकाईबाट बच्न झुल भित्र सुत्न र सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  ५ : ४८ बजे