७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

गुल्मी र बागलुङमा स्याउको व्यापार घट्यो



गुल्मि, २ मंसिर (रासस) ।
गुल्मीस् गुल्मी र बागलङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ। गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो।मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो रु.१२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका(५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर बुढाथोकीले बताए।
’विकट गाउँमा उत्पादन गरेको स्याउको उचित बजारीकरण हुन सकेको छैन, स्याउखेतीबारे तालीम नहुँदा समस्या भइरहेको छ,’ उनले भने। स्याउखेती गर्न प्राविधिक र अनुगमन निरीक्षण गरिदिने तथा स्याउका बारेमा बेला÷बेलामा तालीमको व्यवस्था गरी बिरुवा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराइदिए स्याउ उत्पादनमा वृद्धि हुनुका साथै स्याउ खेतीतर्फ किसानको आर्कषण बढ्ने बुढाथोकीको भनाइ छ ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  ११ : ५१ बजे