१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मतदाता रिझाउँदै खेतमै पुगे बाम उम्मेदवार



मायादेवी अनलाइन, कपिलवस्तु, २ मंसिर ।
आसन्न मंसिर २१ मा हुन गैरहेको दास्रो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन । अहिले अन्नपात भित्राउने समय भएको कारण अधिकांश गाउँका किसान खेतमै काम गर्न व्यस्त देखिन्छन । घरदैलो मार्फत मतदाता भेट्न गएका उम्मेदवार घरमा मतदाता भेट्न नसके पछि खेतमै गएर भोट मागिरहेका छन । कपिलवस्तुमा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन । बामगठबन्धन, नेपाली कांग्रेस र मधेसबादी दल सहित २४ दलले उम्मेदवारी दिएका छन । स्वतन्त्र संगै १ सय ८१ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन । अहिले सबै उम्मेदवारहरु मतदाता रिझाउन दबलबको साथ गाउँ पसेका छन ।
शनिबार प्रतिनिधिसभा १ का बामगठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ‘बदलेव’ र प्रदेशसभा १ का उम्मेदवार विष्णु पंथी कपिलवस्तु नगरपालिका वडा नम्बर ११ को नगवा गाउँमा मतदाता भेट्न व्यस्त थिए । गाउँमा मतदाता नभेटिए पछि उम्मेदवारहरु घतमै गएर भोट मागेका छन । किसान संग आफुलाई मत दिएर जिताउन माग गर्दै उम्मेदवारले किसानले गर्न थालेको काममा सघाएका थिए । गाउँको विकासको लागि आफुहरुलाई जिताउन उनिहरुले माग गरेका थिए ।
यता प्रतिनिधिसभा १ का कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्याय र प्रदेशसभा १ का उम्मेदवार पुरन थारु पनि घरदैलो कार्यक्रममा व्यस्त छन । उपाध्याय र चौधरीले शनिबार उत्तरी क्षेत्रको भलवाडमा घरदैलो गरेका थिए । धान खेती स्याहार्न व्यस्त मतदाता संग उपाध्याय र चौधरीले मत मागेका थिए । किसान खेतीपातिमै व्यस्त भएको कारण आफु खेतमै गएर मतदाता भेटिरहेको उम्मेदवार उपाध्यायले जानकारी दिए ।
उता प्रतिनिधिसभा २ का बामगठबन्धन उम्मेदवार बृजेश कुमार गुप्ताले पनि मतदाता भेटघाट कार्यक्रमलाई तिव्र पारेका छन । सोही क्षेत्रका कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य पनि घरदैलोमा व्यस्त छन ।
प्रतिनिधिसभा ३ का बामगठबन्धनका उम्मेदवार ईश्वर दयाल मिश्र पनि घरदैलोमा व्यस्त छन भने सोही क्षेत्रका कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह पनि घरदैलोमै व्यस्त छन । यस्तै सोही क्षेत्रका संघिय समाजबादी फोरमका उम्मेदवार मंगल प्रसाद गुप्ता पनि मतदाता भेट्न गाउँ पसेका छन । प्रदेश तर्फका उम्मेदवार पनि घरदैलोमै व्यस्त देखिएका छन । उम्मेदवार संग कपिलवस्तुका मतदाताहरुले सिंचाई, सडक, पुल, कृषि मलखात लगायतका काम गरिरहेका छन ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १२ : ०७ बजे