१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अबको यात्रा विकास र आर्थिक सम्बृद्धि : टोप बहादुर रायमाझी



बिष्णु कुमार आले, मंसिर, ४ अर्घाखाँची ।
अर्घाखाँची प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोपबहादुर रायमाझीले अबको यात्रा विकास र आर्थिक सम्बृद्धि भएको बताउनुभएको छ । बामगठबन्धनको चुनाव प्रचार अभियान अन्र्तगत आइतबार अर्घाखाँचीको पाणेनी गाउपालीका २ घोलीडाँडा कमैघारीमा मतदाता सँग भेटघाट तथा कोणसभालाई संबोधन गर्दै मुलुकमा राजनीतिक परिबर्तन भएपनि आर्थिक, सामाजिक र सास्कृति परिबर्तन हुन नसकेको भन्दै उहाँले मुलुकको आर्थिक सबृद्दिका लागी दृढताका साथ अगाडी बढनुको बिकल्प नभएको बताउनु भयो ।

स्वर्गीय प्रकाश दाहालप्रति श्रद्दाजली अर्पण गदै शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना ब्यक्त गदै नेता रायमाझी दाहालको अन्तिम श्रद्धाजली प्रकटको लागी काठमाण्डौ जानु भएको माओवादी केन्दले जनाएको छ ।

अर्घाखाँची प्रदेश सभा सदस्य क्षेत्र नं २ का उम्मेद्वार रामजी प्रसाद घिमिरेले नेपाली काग्रेसले पटक पटक गरि ६० बर्ष सत्तामा रहदा केही गर्न नसकेको औलाउदै राष्ट्रलाई समृद्धि बनाउन कम्युनिष्टले ५० बर्ष सरकार चलाउन आबश्यक भएको बताउनुभयो ।

नेपाली काग्रेस सँग बिकास र समृद्धिको कुनै ठोस आधार नभएकाले पुसपछी बन्ने कम्युनिस्टको सरकारले ५ बर्ष सम्म गरेको कामको पाठ नेपाली काग्रेसले सिक्न जरूरी भएको बताउनु भयो ।

आइतबार अर्घाखाँचीको पाणेनी गाउपालीकाको २, ३, ४ र ५ को घोलीडाँडा कमैघारी, पटौटीको पात्लाचौर, नेटापोखरा, मैदान लगायतका मतदाता सँग भेटघाट तथा कोणसभालाई संबोधन गर्दै नेता घिमिरेले एमाले र माओवादी केन्द्रबीचको गठबन्धन कसैका विरुद्ध नभएको र यो केवल मुलुकको स्थिरता र आर्थिक समृद्धिका लागि भएको बताउनु भयो ।

 

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १२ : ४५ बजे